फेसबुकले हटायो यो फिचर, अब नयाँ फिचर ल्याउदै आशंका!

एजेन्सी, सोशल मीडिया नेटवर्किंग साइट फेसबुकले हालै ‘टीकर’ फिचरलाई हटाएको छ । २०११ मा लन्च गरिएको यो फिचरले फेसबुकमा तपाईको साथीहरुले के-के गरिरहेका छन् भन्ने कार्यलाई ट्रयाक गर्ने काम गर्थ्यो । फेसबुक वेबसाइटको दायाँतर्फ च्याट बक्सभन्दा माथि देखिने ‘टिकर’ फीचरले तपाईको फेसबुकमा भएको साथीहरुले के-के गरिरहेका छन्,  केमा लाइक हाने, केमा कमेन्ट गरे भन्ने सम्पूर्ण कुराको जानकारी दिने गर्थ्यो ।

फेसबुक हेल्प टीमको एक भेरीफाईड मेम्बरले अब यस फिचर नरहेको बताएका छन् । उनले यसको कारण नभनेता पनि यस फिचरलाई हटाएर कम्पनीले कुनै नयाँ फिचर ल्याउन लागेको भन्ने आशंका गर्न सकिन्छ । पछिल्लो केहि समय देखि फेसबुकलाई लगातार यस ‘टिकर’ फिचरले निजताको उल्लंघन गरेको भन्दै धेरै फिडब्याक दिईएको थियो । यसैलाई मध्यनजर गर्दै फेसबुकले उक्त फिचरलाई हटाएको अनुमान गर्न सकिन्छ ।

 

प्रकाशित : शुक्रबार, मङि्सर २९, २०७४१८:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

के तपाई युवतीहरुलाई स्पर्श गर्न माहिर हुनुहुन्छ ? होस् गर्नुहोस् यस्तो प्रविधि आईसकेको छ !