जसरी हस्तरेखाबाट मानिसको भविष्यमा हुनसक्ने सम्भावित घटना र व्यक्तिको चरित्र बारे अनुमान गर्न सकिन्छ ठिक त्यसरी नै मानिसको नङको आकार, रूप , रङबाट व्यक्तिको आर्थिक स्थिति र स्वभावको बारेमा जानकारी प्राप्त गर्न सकिन्छ । सामुद्रिक शास्त्रमा नङको पनि विशेष महत्व रहेको छ ।
१.शास्त्रअनुसार यदि व्यक्तिको नङ कछुवाको ढाड जस्तो माथि उठेको छ भने त्यस्तो व्यक्ति भाग्यहीन हुने मान्यता रहेको छ र अधिक संघर्षपश्चात मात्र काममा सफलता मिल्नेछ ।
२.जुन व्यक्तिको नङमा कालो, निलो दाग, धब्बा लागेको हुन्छ त्यस्तो व्यक्तिले जीवनमा प्रगति गर्न सक्दैनन् र निम्न स्तरको कार्य गर्दै जीवनयापन गर्ने गर्दछन् ।
३.जुन मानिसहको नङ एकदम मिलेको र गुलाबी कलरको हुन्छ उक्त मानिसहरु धनी र भाग्यशाली हुने गर्दछन् । यदि कुनै महिलाको हातको नङ फूल झैँ रातो छ भने त्यस्ता स्त्री निष्ठावान र सौभाग्यशाली हुने गर्दछन् ।
४.यदि तपाइको नङमा अर्धचन्द्र बनेको छ भने निकट भविष्यमा तपाइको घरमा कुनै शुभकाम हुनेछ। र कुनै खुशीको खबर आउनेछ। साथै यदि कसैको नङ चन्द्र आकार छोटो छ भने खुशीको खबर आउनको लागि केहि समय पर्खनु पर्ने हुन्छ ।