एजेन्सी, हालसम्म दुनियाँको सबैभन्दा सानो देशको रुपमा अन्तराष्ट्रिय स्तरमा ‘वेटिकन सिटी’ लाई वैधानिक दर्जा प्राप्त भएको छ । तर यस धर्तीमा एक देश यस्तो पनि रहेको छ जुन दुनियाँको सबैभन्दा छोटो देशको रुपमा मानिएको छ । सानो देश भएता पनि वैधानिक दर्जा प्राप्त नपाएको तर पनि इन्टरनेटमा यस देश सम्बन्धि कैयौ मिडिया रिपोर्टमा पढ्न सकिन्छ । यो एक मात्र यस्तो देश हो जहाँको जनसंख्या जम्मा २७ जना रहेको छ ।
दुनियाँको सबैभन्दा सानो यो देश जसको नाम “सील्याण्ड” रहेको छ । इंग्ल्यान्डको नजिकै रहेको यस देशलाई दोस्रो विश्व युद्धको समयमा ब्रिटेनले बनाएको थियो । त्यहिं समय देखिनै यसलाई संसारको सबैभन्दा सानो देश भन्न थालिएको थियो इंग्ल्यान्डको सफोल्क समुद्री तटबाट लगभग १० किमी टाढा रहेको छ । तर अब “सील्याण्ड” एक खण्ड बनेको छ । समुन्द्री किलामा बनाईएको यो देश अहिले खालि र सुन्य रहेको छ ।