इन्स्टाग्रामले यस शानदार फिचरलाई हटाउदै ल्यायो यस्तो नयाँ एप !

एजेन्सी, इन्स्टाग्रामले अब नयाँ एपको परिक्षण गरिरहेको छ । इन्स्टाग्राम कम्पनीले अब डायरेक्ट म्यासेज फीचरलाई हटाएर मेसेजको लागि छुट्टै एप ल्याउने तयारी गरिरहेको छ । उक्त एपमा स्न्यापच्याटको झैँ फिचर हुनेछ जसको मद्दतबाट तपाई सिधै क्यामेराओपन गरेर सन्देश पठाउन सक्नु हुनेछ । रिपोर्टको अनुसार इन्स्टाग्रामको यो नयाँ डायरेक्ट म्यासेज एपलाई शुक्रबार चिल्ली , इटली, पोर्चुगल र उरुग्वे जस्ता ६ ओटा देशहरुमा एन्ड्रोइड र आईओएस प्लेटफर्ममा उपलब्ध गराइने छ ।

साथै यदि तपाई डायरेक्ट म्यासेज एपलाई इन्स्टल गर्नुहुन्छ भने तपाइको इन्स्टाग्रामबाट म्यासेजवाला फीचर अटोमेटिक गायब हुनेछ । हाल भने यो एप विश्वव्यापी कहिले रिलिज हुन्छ भन्ने खबर आएको छैन । इन्स्टाग्राम अहिले  फेसबुकको स्मामित्वमा रहेको छ । यो भन्दा पहिले फेसबुक एपमाम्यासेज  फिचर रहेको थियो तर चर्चामा आए लगतै कम्पनीले एक छुट्टै फेसबुक म्यासेन्जर एप लन्च गरेको थियो । यहि काम अब फेसबुकले इन्स्टाग्राममा पनि गर्ने भएको छ ।

 

प्रकाशित : बुधबार, मङि्सर २७, २०७४१५:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

फेसबुकले हटायो यो फिचर, अब नयाँ फिचर ल्याउदै आशंका!