अचम्म तर सत्य: यी ६ वर्षका बालकले गर्दैछन् महिनामै करोडौंको कमाई !

काठमाडौं, पढ्ने र खेल्ने समयमा एक ६ वर्षको बालकले गरेको आम्दानी सुनेर तपाईलाई अनौठो लाग्न सक्छ । जसले गर्दा उनले राम्रो आम्दानी गर्ने व्यक्तिलाई पछाडि धकेलेका मात्रै होईन नराम्रो सँग पछारेका छन् । उनले गर्ने कमाईको कुरा सुनेर तपाईलाई अनौठौ मात्र होइन् सजिल्यै विश्वास गर्न समेत गाहाे पर्न सक्छ । तर यो एकदमै ध्रुबसत्य कुरा हो । ६ वर्षको उमेरमा बच्चाले सामान्यतया पढ्नेमा भन्दा पनि खेल्नमा बढि रुचि राख्दछन् । तर यति सानै उमेरमा करोडौंको आम्दानी गरेर नँया कीर्तिमानी कायम गरेका छन् ।

व्यापार शुरु गर्ने उपयुक्त उमेर कति हो भनेर प्रश्न गर्दा तपाई के जवाफ दिनुहुन्छ । पक्कै पनि जवाफमा ६ वर्ष कदापी पनि आँउदैन होला । अमेरिकाको प्रसिद्ध व्यापारिक पत्रिका ‘फोर्बस्’ ले सामाजिक सञ्जाल यूटुबको माध्यामबाट कमाई गर्ने टप टेनको लिस्ट सार्वजनिक गरेको थियो । जसमा १६.५ मिलियन अमेरिकी डलरको कमाई गर्नेको लिस्टमा डेनियल मिडलटनको नाम समावेश छ । २६ वर्षिय डेनियलले मुख्य रुपमा गेमिङलाई फोकस गरेका छन् । मिडलटनको कमाईबाट पनि तपाई छक्क पर्न सक्नुहुन्छ । यससँगै अझै अचम्म पार्ने नाम ६ वर्षका रायनको जोडिएको छ । यूटुबबाट सबैभन्दा ज्यादा कमाई गर्ने मध्यमा ककिलो नाम ९ नम्बरको लिस्टमा रहेको छ ।

कलिला यी ६ वर्षका रायन यूटुब चैनलमा भिडियोको माध्यमबाट वर्षभरिमा ११ बिलियन डलर ( करिब ७१ करोड ) भारतीय रुपैँया कमाउदछन् । जसमा उनको एक महिनाको कुल आम्दानी ६ करोड भारतीय रुपौँया रहेको छ । यति सानो उमेरमा गरेको कमाई सुनेर तपाई चकित हुनु भएको होला । उनको रायन टाँयज रिव्यू नामको च्यानल यूटुबमा एकदमै लोकप्रिय छ । उनको यो च्यानललाई करोडौंको परिवारले हेर्ने गर्दछन् ।

रायन र उनका परिवार द्धारा सञ्चालन गरिएको यस च्यानलमा रायन खिलौनाको रिव्यू (समीक्षा) गर्दछन् । जुलाई २०१५ अर्थात् चार वर्षको उमेर देखि यूटुबको दुनिँयामा कदम राख्ने रायनले अहिलेसम्म थुप्रै भिडियोहरु पोष्ट गरिसेका छन् । उनले पोष्ट गरेका भिडियोहरु मध्येमा सबै भन्दा भिउज् ‘जायंट एक सरप्राइज’ ले प्राप्त गरेको छ । उनको यो भिडियोमा अहिलेसम्म ८० करोड भन्दा बढिले हेरिसकेका छन् ।

८० करोड भिउज् प्राप्त गर्न सफल रायनको भिडियो यस्तो छ हेर्नुहोस् ।

रायनको यूटुब च्यानलमा ‘जायंट एक सरप्राइज’ ले अहिले सम्म १० मिलियन (१ करोड) भन्दा बढिले सब्सक्राइबर्स गरिसकेका छन् । ६ वर्षका रायन गुडिया बाहेक बच्चाहरुका लागि फूड आइटमको रिव्यू पनि गर्दछन् । रिपोर्टका अनुसार महिनामा रायनले विज्ञापनबाट एक मिलियन डलरसम्मको कमाई गर्दछन् । रायनको यो कमाई भ्याट तिरी सकेपछिको हो भ्याट नर्तिनु भन्दा पहिला उनको कूल कमाई १४.५ बिलियन अमेरिकी डलर अर्थात् ( करीब ९३ करोड) भारतीय रुपैँया आम्दानी गर्दछन् ।

प्रकाशित : मङ्गलबार, मङि्सर २६, २०७४१६:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

इन्स्टाग्रामले यस शानदार फिचरलाई हटाउदै ल्यायो यस्तो नयाँ एप !