पानीसँग सम्बन्धित यस्तो सपनाले धन लाभ र सम्मान पाउने !

एजेन्सी, सपनाको एक छुट्टै संसार हुने गर्दछ । प्राय:जसो हामी सपनामा धेरै थरिको चिजहरु देख्ने गर्दछौ । हरेक सपनाको एक बिशेष अर्थ रहेको हुन्छ । जसले व्यक्तिलाई कुनै न कुनै संकेत दिईरहेको हुन्छ । यस्तो मान्यताको सपना हाम्रो भविष्यसँग जोडिएको हुने गर्दछ । यी मध्ये कुनै संकेत सुभ हुने गर्छ भने कुनै अशुभ। यदि तपाई सपनामा पानिसँग सम्बन्धित केही देख्नु हुन्छ भने यसको अर्थ यस्ता रहेका छन् ।

  • यदी तपाई सपनामा कुनै पोखरी, नदी या समुद्रमा आफूलाई डुब्दै गरेको देख्नुहुन्छ भने स्वप्न ज्योतिषमा यसको अर्थ तपाईले भविष्यमा केही यस्तो काम गर्ने हुनेछ जसको कारण तपाईलाई समाजमा धेरै मान-सम्मान मिल्नेछ ।
  • यदि तपाई आफुले सपनामा कुनै नदी या पोखरीको पानी खादै गरेको देख्नु हन्छ भने यसको मतलब तपाईले सरकारी कार्यमा सफलता हासिल गर्नु हुनेछ ।
  • यदि तपाई सपनामा इनार या कुवाको पानी देख्नुहुन्छ भने यसले तपाईलाई भविष्यमा धन लाभ हुनुको साथै आयमा वृद्धि हुने संकेत गर्दछ ।
  • यदि तपाई सपनामा आफूलाई कुनै पोखरी या पूलमा नुहाउदै गरेको देख्नुहुन्छ भने यस्तो सपना भावनासँग सम्बन्धित हुने गर्दछ । यस्तो सपनाले तपाईलाई संकट आउने संकेत गर्दछ ।
प्रकाशित : मङ्गलबार, मङि्सर २६, २०७४१३:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मानिसको यी नराम्रो बानिले हुनेछ सधै धन हानी !