मानिसको यी नराम्रो बानिले हुनेछ सधै धन हानी !

धनको लोभ सबैलाई हुने गर्दछ र यसलाई पाउनको लागि मानिस दिन रात मिहिनेत गर्ने गर्दछ । यसको बावजूद पनि कतिलाई काममा सफलता मिल्दैन । त्यसैले यसलाई माता लक्ष्मी रिसाउनु भएको बुझिन्छ । यस्तो गलत कार्य गर्दा धनको देवी लक्ष्मी व्यक्तिबाट टाढा हुने गर्दछिन् ।

  • शास्त्रअनुसार क्रोध गर्नाले व्यक्तिलाई नर्कको प्राप्ति हुने गर्दछ । प्राय: जसो हामी सानोतिनो कुरालाई लिएर क्रोधित हुने गर्दछौ । जसको कारणले हामी कैयौ मानिसहरुलाई अपशब्द र गाली गर्ने गर्दछौ । घरमा झगडाको माहोल बनि राख्नाले धनकी देवी लक्ष्मी उक्त व्यक्तिको घरबाट टाढा जाने गर्दछिन् ।
  • जो व्यक्ति साधु-सन्त र शास्त्रको अपमान गर्छन् त्यस्तो व्यक्तिले जीवनमा सधै नोक्सानको भार उठाउन पर्दछ । यस्तो व्यक्तिसँग माता लक्ष्मी सधैंको लागि टाढा हुने गर्दछिन् ।
  • जुन व्यक्ति सूर्योदय पश्चात उठ्ने र सूर्यास्तको समयमा सुत्ने बानि हुन्छ त्यस्ता व्यक्तिसँग धनको देवी लक्ष्मी रिसाउछिन् । शास्त्रमा यस्ता बानि भएका मानिसहरुको बारेमा लेखिएको छ कि यिनीहरु राक्षस प्रवृतिका हुने गर्दछन् । यस्तो बानि भएको मानिसहरु कुनै न कुनै बिमारीबाट ग्रषित भईरहने गर्दछन् ।
  • जो व्यक्ति सधै फोहोर कपडा लगाउने गर्छ र आफ्नो घरमा फोहोर वातावारण राख्ने गर्दछ त्यस्तो व्यक्तिमा धनकी देवी माता लक्ष्मीको कृपा कहिले हुदैन ।

 

प्रकाशित : मङ्गलबार, मङि्सर २६, २०७४१३:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

घरमा माछाको जोडी राख्नाले हटेर जानेछ दुर्भाग्य, हुनेछ यस्तो फाईदा!