घरमा माछाको जोडी राख्नाले हटेर जानेछ दुर्भाग्य, हुनेछ यस्तो फाईदा!

एजेन्सी, राशिमा यदि ग्रह कमजोर अथवा ग्रह बिग्रियो भने घर या कार्यस्‍थलमा नकारात्मक ऊर्जामा वृद्धि हुने गर्दछ । साथै बनेको काम पनि बिग्रिने गर्दछ । नकारात्मक ऊर्जालाई टाढा राख्नको लागि कुनै उपाय मिलिरहेको छैन भने घरमा माछाको जोडीलाई झुन्डाएर राख्नुहोस्, लाभ हुनेछ । घर वा कार्यालयमा माछाको जोडी झुन्डाएर राख्नाले सौभाग्य वृद्धि हुने मान्यता रहेको छ । वास्तुशास्त्र एवं फेंगशुईको अनुसार माछाको जोडीले  घर-कार्यालयको नकारात्मक ऊर्जालाई सकारात्मक ऊर्जामा परिवर्तन गर्ने गर्दछ । फलस्वरूप व्यक्तिको निर्णय लिने क्षमता र मानसिक शक्तिमा वृद्धि हुने गर्दछ ।

माछाको प्रतिरूप आकाशमा ताराको माध्यमबाट मीन राशिको रुपमा प्रदर्शित हुने गर्दछ । तारासँग मिलेर बन्ने आकृति दुई माछाको जोडीलाई दर्शाउने गर्दछ । ज्योतिषशास्त्रमा यस मीन राशिलाई संज्ञा दिईएको छ । मीन राशिको नियन्त्रण देवताको गुरु बृहस्पतिसँग हुने गर्दछ । देवगुरु बृहस्पतिको शुभ ग्रह मानिएको छ, जसको प्रभावबाट व्यक्ति ज्ञानवान भएर सुख-समृद्धि, मान-सम्मान, समाजमा प्रतिष्ठा अर्जित गर्ने गर्दछ । शुभकामनाको लागि माछाको जोडी बिहिबारको दिन घर-कार्यालयमा राखियो भने यसले अझै प्रभावशाली परिणाम दिने गर्दछ ।

सही दिशामा माछाको जोडी राख्नाले वास्तुशास्त्र अनुसार सकारात्मक प्रभाव शीघ्र प्राप्त हुन थाल्दछ । पूर्व दिशा, उत्तर दिशा अथवा पूर्व र उत्तरको मध्य दिशामा माछाको जोडी राख्नाले घरको सदस्यको भाग्योदय हुने गर्दछ । यसलाई पसलमा राख्नाले आयमा वृद्धि हुन्छ । साथै कार्यालयमा यसको प्रयोग उन्नतिकारक हुन्छ ।

प्रेम र सम्पन्नताको प्रतीक गोल्ड फिश:
फेंगशुईमा गोल्ड फिशलाई सबैभन्दा अधिक पवित्र एवं सम्पन्नता दिने खालको माछा मानिएको छ । यदि घरमा ठुलो एकुरियम राख्ने ठाउँ छैन भने तपाई दुईटा माछा राख्न मिल्ने सानो एकुरियम राख्न सक्नुहुनेछ । यसलाई प्रेमको प्रतिक मानिने गरिन्छ । यसको साथै तपाई क्रिस्टलको माछाको जोडी पनि बेडरूममा राख्न सक्नुहुन्छ ।

हुनेछ धन लाभ हुनेछ:
पानि सरह धन चलायमान हुनेछ । शास्त्रमा लक्ष्मीलाई चंचल भनिएको छ । माछा पानिसँग सम्बन्धित भएको कारण र भगवान विष्णुको मत्स्य अवतारको स्वरूप भएको कारण धन-सम्पति शीघ्र आकर्षित गर्दछ । माछाको जोडी रोकिएको कार्यलाई पानीको बहाव जसरी पूर्ण गर्न थाल्दछ । माछाको प्रतीकको घर, पसल र  कार्यालयमा हावामा झुण्डाईयो भने वायु तत्वको माध्यमबाट जल तत्वसँग सम्बन्धित शान्ति र त्यस ठाउँको ऊर्जामा प्रवाहित हुने गर्दछ । यसबाट वातावरण निरन्तर प्रगतिशील बनिरहने गर्दछ ।

 

प्रकाशित : मङ्गलबार, मङि्सर २६, २०७४१३:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नङमा बन्ने यस्तो आकारबाट थाहा पाउनुहोस आफ्नो भाग्य र आर्थिक अवस्थाबारे !