के तपाई स्मार्टफोनको कम स्टोरेजबाट समस्यामा हुनुहुन्छ? यो एप डाउनलोड गर्नुस!

एजेन्सी, आजभोलि स्मार्टफोनहरु जसमा १६ जीबी र ३२ जीबी स्टोरेज नर्मल हुदै गएको छ । अझै पनि अधिक रुपमा स्मार्टफोनहरु कम स्टोरेजको समस्यामा अल्झीएका छन् । स्टोरेज फुल भए पश्चात फोनको स्पीड पनि बिस्तारै घट्दै जाने गर्दछ । र ह्याङ्ग हुनेजस्ता समस्या पनि देखा पर्ने गर्दछन् । यसैमा गूगलले एउटा नयाँ एप फ़ाइल्स गो (Files go)  भन्ने प्ले स्टोरमा सार्वजनिक गरेको छ । उक्त एपले स्पेस खाली गर्ने देखि लिएर फाइललाई छिटो खोज्न्ने र सजिलैसँग शेयर गर्ने पनि फिचर रहेको छ । यस एपलाई गूगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ ।

यो एपले एन्ड्रोईड ५.० (ललिपोप) र यसभन्दा माथिको भर्जनमा काम गर्नेछ । यसको साइज भने ६ एमबी भन्दा कम रहेको छ । यस एपमार्फत तपाई डुप्लीकेट फाइल, प्रयोगमा नआएको ऐप्सलाई हटाउने र cache हटाउनको लागि प्रयोगमा ल्याउन सकिन्छ । यस एपमार्फत फोनको स्टोरेजमा भएको फाइललाई मेमोरि कार्डमा पठाउन सक्नु हुनेछ । गूगल ‘फाइल गो’  मार्फत कुनैपनि फाइललाई गूगल ड्राइभमा पठाउन सकिन्छ ।

प्रकाशित : मङ्गलबार, मङि्सर २६, २०७४१२:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अचम्म तर सत्य: यी ६ वर्षका बालकले गर्दैछन् महिनामै करोडौंको कमाई !