साउदीको प्रिन्स बने दुनियाको सबैभन्दा महँगो पेंटिंग किन्ने व्यक्ति!

एजेन्सी, लियोनार्दो दा भिन्चीको पेन्टिंग “सल्वातोर मुंडी” को खरीदार साउदी अरबका एक राजकुमार निक्लिएका छन् । राजकुमारले पछिल्लो महिनामा न्यूयोर्कमा भएको लिलामीमा यस पेंटिंगलाई ४५ करोड डलर यानी २९ सय करोड रुपैयाँमा खरिद गरेका थिए । द न्यूयोर्क टाइम्सले उक्त पेंटिंग राजकुमार बदर बिन अब्दुल्ला बिन मोहम्मद बिन फरहान अल सऊदले खरिद गरेको खुलासा गरेको छ ।

लिलामीमा राखिएको यो पेंटिंग अहिलेसम्मकै सर्वाधिक मूल्यमा किनिएको रेकर्ड भएको छ । उक्त पेंटिंगमा यीशु मसीहको एक चित्रण रहेको छ । लिलामी हाउस क्रिस्टीको अनुसार यो पेंटिंग दा भिन्चीको एकमात्र कलाकृति हो जुन अब निजी व्यक्तिको हातमा परेको छ । द न्यूयोर्क टाइम्सको खुलासा अनुसार राजकुमार बदर शाही परिवारको एक दूरदराज शाखासँगको नातेदार मानिएको छ । जसलाई इतिहासको प्रमुख कलाकृति जम्मा गर्ने व्यक्तिमा नगनिएको र उनको बिशाल सम्पतिको पनि कुनै सूचना सार्वजनिक जानकारी  छैन ।

राजकुमार फरहान देशको ३२ वर्षीय युवराज मोहम्मद बिन सलमान बिन अब्दुल अजीज अल सऊदको मित्र र सहयोगी रहेका छन् । लिलामी हाउस क्रिस्टीको एक प्रवक्ताले भनेकि कुनैपनि खरीदार या विक्रेताको पहिचान उनको अनुमति बिना सार्वजनिक गर्न मिल्दैन । राजकुमार बदरले टिप्पणीको लागि गरिएको अनुरोधको कुनै पनि जवाफ दिएका छैनन् । तर न्यूयोर्क टाइम्सले बुधबार जब प्रतिक्रियाको लागि दबाव दियो तब अबू धाबीमा रहेको लोवरेको नयाँ शाखाले ट्वीट गर्दै भनेका छन्  पेंटिंग लोवरे अबू धाबीमा आउदै छ ।

प्रकाशित : मङ्गलबार, मङि्सर २६, २०७४११:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यो हो विश्वकै सबैभन्दा सानो देश, यति छ यहाँको कुल जनसंख्या…