यसरी दैनिक रुपमा अमलाको प्रयोग गर्नुहोस, आँखाको ज्योती मात्र हैन कपाल झर्न पनि रोक्छ !

अमलाको प्रयोगबाट आखाँको ज्योति बढ्ने, कपाल झर्न रोक्नेदेखि अन्य थुप्रै फाइदाहरु थाहापाउनुहोस्।

१.  अमलामा भिटामिन सी भरपुर रुपमा पाइन्छ । अमलालाई भिटामिन सीको स्रोत भनेर पनि चिनिन्छ। भिटामिन सीको अभावमा स्कर्भी, छालाका रोग, रक्तनली र मुटुका रोग हुन सक्छन् । त्यसैले यी रोगबाट बच्न नियमित रुपमा अमलाको प्रयोग गर्नुहोस्।

२. यदि तपाईलाई भोक नलाग्ने समस्या छ भने दिनमा २/३ ओटा ताजा अमला अथवा खाना खानुअघि एक चम्चा सुकेको अमलाको धुलोको प्रयोग गर्नुहोस्। यसले तपाईलाई भोक जगाउन मदत गर्छ।

३. यदि नाथ्री फुट्ने, महिलाको रक्तप्रदर, महिनावारीमा बढी रगत जाने, अलकाईको रक्तश्राव आदि समस्यामा दैनिक अमलाको सेवन गर्दा रक्तश्राव हुने क्रम घट्छ ।

४. यदि जिउ बढि तात्ने, मुख सुक्ने वा हातगोडा पोल्ने भएमा त्यसबेला अमला भिजाएर पानीमा थोरै मिश्री राखी खाँदा राहत मिल्छ ।

५. सुकेको अमलाको धुलो नियमित रूपमा पानीसँग सेवन गर्दा आउँ, अपच र कब्जियतलाई फाइदा गर्छ ।

६. अमलाको धुलोमा तोरीको तेल मिसाई छालामा लगाउनाले चिलाउने समस्याबाट छुट्कारा पाउन सक्नुहुन्छ।

७. हप्तामा एक-दुईपटक अमलाको धुलो  पानीमा भिजाई टाउकोमा रौको जरासम्म पुग्ने गरी मालिश गर्ने र त्यसपछि त्यसकै पानीले टाउको धुने गर्दा चाया पर्न र कपाल झर्न छाड्छ ।

८. अमलाको धुलोले दाँत मोल्ने र अमलाको पानीले कुल्ला गरेमा स्वास गन्हाउने समस्या हट्छ ।

९. यदि अमलाको सुकेको धुलो गाईको घ्यु वा मह मिसाई राती सुत्नुअघि नियमित सेवन गरेमा आँखा तेजिलो हुन्छ ।

 १०. हप्तामा दुइपटक अमलाको रसले नुहाउनाले कपाल लामो र चम्किलो हुन्छ ।
प्रकाशित : सोमबार, मङि्सर २५, २०७४१६:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

उदास र दुखी मानिसहरूमा धेरै हुन्छ पश्चात्तापको भावना !