अब हाई हिलले खोल्छ महिलाहरुको व्यक्तित्वको राज!

महिलाहरु सधै पुरुषहरुको लागि बुज्न नसक्ने चिज बनेको छ । पुरुषहरुले महिलाहरु र उनीहरूको व्यक्तित्व जान्नका लागी नयाँ-नयाँ तरिकाहरू खोजिरहन्छन् । तर यी सबैभन्दा फरक कुरा यदि पुरुषहरूले एक झलकमा  महिलाहरूको बारेमा जान्दछन् भने? यो सुन्न अलि अजीब हुन सक्छ तर यो सत्य हो। यदि तपाई साँच्चै एक महिलालाई कुरा नगरी आफ्नो व्यक्तित्वको बारेमा जान्न चाहानुहुन्छ भने सावधानीपूर्वक उनीहरुको खुट्टामा ध्यान दिएर  हेरिरहनुहोस्।

यसकारण हाई हील लगाउछन् महिलाहरु: अनुसन्धानले देखाउँछ की यदि एक महिलाले हाई हील स्यान्डील लगाउछ भने  उनी समाजमा ठूलो स्थान हासिल गर्न चाहन्छिन्। एक अनुसन्धान रिपोर्टले यस्तो भन्छ कि महिलाहरूले आफ्नो स्वाभावमा आफ्नो स्थानीय प्रवृति अपनाउछन्। जब तिनीहरू शहरमा जान्छन् तब हाई हीलावाला चप्पल लगाउछन्। तर जब उनिहरु आर्थिक अवस्थाले पिछडिएको क्षेत्रहरुमा जान्छन् तब उनिहरु हाई हील लगाउन  मन पराउदैनन ।

यस अवस्थामा उत्तरी क्यारोलिना युनिवर्सिटी अफ अमेरिकाका प्रोफेसरले भने कि प्राय महिलाहरू धनी हुन र धनी छु भनेर देख्न रुचाउछन् ।  उनिहरू गरिब केटीहरू भन्दा फरक देखीन चाहन्छन्।  त्यसैले जब उनिहरू धनी भागमा जान्छन् त्यतिबेला उनीहरु आफुलाई उच्च धनी महिलाहरुको हिल्ससँग आफ्नो हाई हील तुलना गर्न थाल्छन्।

तर उनिहरू जब गरीब क्षेत्रमा जान्छन् त्यतिबेला उनीहरूको ध्यान न त स्यान्डलमा जान्छ न त मेकअपमा नै । अनुसन्धानको आधारमा प्रोफेसरले भनेका छन् कि शुरुवातदेखि मानव सभ्यतामा प्रतिष्ठा र सम्मानको लागि प्रतिस्पर्धा गरिएको हुन्छ र मानिसहरू सधै शक्तिशाली मानिसहरूसँग खडा हुन चाहन्छन्।

प्रकाशित : सोमबार, मङि्सर २५, २०७४१२:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

साउदीको प्रिन्स बने दुनियाको सबैभन्दा महँगो पेंटिंग किन्ने व्यक्ति!