२०१८ मा लन्च हुन लागेको आईफोनमा यस्तो नयाँ फिचर भित्रिदै !

एजेन्सी, आइफोन ८ को राम्रो व्यापार  पश्चात एप्पल कम्पनी अब एक अपडेटको तयारीमा रहेको छ । सूचना अनुसार २०१८ मा लन्च हुनलागेको आईफोनमा धेरै समयसम्म ब्याट्री टिक्ने हुनेछ । केजीआई (KGI) सिक्योरिटको एनालिस्ट्सको अनुसार रिपोर्टमा कम्पनी एलजीको साथ मिलेर एल आकारको ब्याट्रीको लागि काम गरिरहेका छन् । यी ब्याट्रीको प्रयोग नयाँ वर्षमा आउन लागेको ६.५ इन्च र ५.८ इन्चको ओएलईडी (OLED) डिस्प्ले आईफोनमा हुनेछ ।

सूचना अनुसार नयाँ आईफोनमा २७१६ एमएएच (mAh) को सट्टा २९०० एमएएचको ब्याट्री प्रयोग गरिनेछ । साथै नयाँ फोनको ब्याट्री लाईफ पहिलेको भन्दा धेरै हुनेछ । खबर अनुसार कम्पनी ब्याट्रीको साथै ६.१ इन्चको एलसिडि (LCD) डिस्प्ले भएको आईफोनको नयाँ मोडलमा काम गरिरहेको छ । हालै लन्च भएको आईफोन ८ , आईफोन ८ प्लस र आईफोन X मा ओएलईडी डिस्प्ले दिईएको छ ।

प्रकाशित : सोमबार, मङि्सर २५, २०७४१५:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

के तपाई स्मार्टफोनको कम स्टोरेजबाट समस्यामा हुनुहुन्छ? यो एप डाउनलोड गर्नुस!