नारायणगोपाल स्मृति सम्मानमा राष्ट्रकवि घिमिरेसहित थप १२ जना सम्मानित

काठमाडौं, नेपाली गीतसंगीतको क्षेत्रमा अजम्बरी स्वर छरेका स्वरसम्राट नारयण गोपालको २७ औं स्मृति दिवस आज मंगलबार मनाईएको छ । यसै दिवसको अवसरमा राष्ट्रकवि माधव घिमिरेसहित १२ जनालाई नारायणगोपाल स्मृति सम्मान प्रदान गरिएको छ ।

यस स्मृति सम्मानमा राष्ट्रकवि घिमिरेसहित संगीतकार एवंं गायक सिके रसाइली, गीतकारहरु रत्नशमशेर थापा, कालिप्रसाद रिजाल, किरण खरेल, चेतन कार्कीलगायतका कलाकारहरुलाई नारायण गोपाल संगीत कोषले नगद २५ हजार सहित सम्मान गरेको छ ।

यसैगरि नारायण गोपाल संगीत कोषले नेपाली गीत संगीतको क्षेत्रमा उच्च योगदान पुर्याउनेहरुलाई हरेक वर्ष सम्मान गर्दै आएको छ ।

प्रकाशित : मङ्गलबार, मङि्सर १९, २०७४१७:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

७२ वर्षको उमेरमा साहित्यकार प्रेमा शाहको निधन