७२ वर्षको उमेरमा साहित्यकार प्रेमा शाहको निधन

काठमाडौं,अभिनेत्री जल शाहकी आमा आर्थात् साहित्यकार प्रेमा शाहको ७२ वर्षको उमेरमा निधन भएको छ । लामो समय देखि अमेरिकामा बस्दै आईरहनुभएकी साहिल्यकार शाहको साल्ट लेक सिटीस्थित इन्टर माउन्टेन हस्पिटलमा निधन भएको हो ।

‘प्रतिक्रिया’ शीर्षकको पहिलो कथा बाट साहित्य क्षेत्रमा प्रवेश गरेकी शाहको जन्म वि.स २०२ मा बीरजञ्जको श्रीपुरमा भएको थियो । उनका विभिन्न कथा र लेखहरु प्रकाशित भईसकेका छन् ।  साहित्यकार तथा लेखक प्रेमाका प्रकाशित कथा संग्रहहरु पहेँलो गुलाब, विषयान्तर एकदमै चर्चित कृतिका रुपमा चिनिन्छन् ।

त्यसैगरि, उनका प्रख्यात उपन्यासहरु मध्य ’मम्मी’ पनि त्यत्तिकै लोकप्रिय छन् । शाहको संयुक्त लेखनमा रहेको कृति ‘आकाश विभाजित छ’ पनि प्रकाशित भएको पाईन्छ ।  साहित्कार शाह २०४५ सालको ‘मैनाली कथा पुरस्कार’ बाट सम्मानित भईसक्नु भएको छ । उनी द्धारा रचिएका अरु ६ वटा वालकथा र ३ बाल उपन्यास पनि प्रकाशित छन् ।

प्रकाशित : बिहिबार, पुष ०६, २०७४१३:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :