के तपाई धनको हानिबाट बच्न चाँहनुहुन्छ ? थाँहा पाउनुहोस् खानपानसँग जोडिएको यस्तो अनौठो राज

काठमाडौं, हिन्दु धर्ममा हरेक कामका लागि अनेक प्रकारका नियमहरु बनाईएका छन् । जसको पालना गर्नाले हामीलाई सुख र शान्तिको अनुभव हुन्छ । हामी दैनिक जीवनमा धेरै प्रकारका क्रियाकलापहरु गर्दछौ । जस्तै, नुहाँउनु, पूजा गर्नु र खाना खानु आदि ।

यसै क्रममा हाम्रो शास्त्रमा भोजन ग्रहणसँग सम्वन्धित केही नियमहरु उल्लेख गरिएको पाईएको छ । आउनुहोस् ती नियमहरुबारे थाँहा पाउनुहोस् ।

पुराणमा भोजन ग्रहण गर्नुसँग सम्वन्धित केहि नियमहरु उल्लेख गरिएको छ । जसअनुसार खान खानुभन्दा पहिला हामीले राम्रोसँग हात र नङको सफा गर्नुपर्दछ । हिन्दु धर्मका अनुसार हाम्रो शरीर भूमि, जल, अग्नि, आकाश, वायु जस्ता तत्वहरुबाट मिलेर बनेको हुन्छ । हातका औलाहरुले यीनै तत्वहरुले प्रतिनिधित्व गर्दछ । जब हामी यी पाँच औलाहरुको प्रयोग गर्दछौ तब हामीलाई यी पाँच तत्वको माध्यमबाट हाम्रो शरीरलाई उर्जा प्राप्त हुन्छ । जसको कारण हामीले राम्रो स्वास्थ प्राप्त गर्न सक्दछौ ।

सनातन धर्ममा सधै खानाको आदर सम्मानका साथ व्यवहार गर्नुपर्ने कुराको उल्लेख गरिएको छ । त्यसैले खाना खानुभन्दा पहिला भगवानलाई धन्यवाद दिनु पर्दछ र अन्नकी देवीलाई प्रणाम गर्नुपर्दछ ।


हिन्दु शास्त्रमा खाना खानुभन्दा पहिला भोजन मंत्रको उच्चारण गर्नुपर्ने बारे बताईएको छ । यस उच्चारणबाट हाम्रो शरीरमा शक्ति मिल्दछ र खाना राम्रो सँग पच्ने गर्दछ र धनको हानिबाट बच्नको लागि सधै एकै ठाँउमा बसेर खाना खानु पर्दछ ।

प्रकाशित : मङ्गलबार, मङि्सर १९, २०७४१७:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अब हाई हिलले खोल्छ महिलाहरुको व्यक्तित्वको राज!