मनोरम दृश्यसँगै पौराणिक मूल्यमान्यता बोकेको सुदूरको घोडाघोडी ताल

काठमाडौं, प्रकृतिको मनोरम दृश्य र पौराणिक धार्मिक मूल्यमान्यता बोकेको घोडाघोडी ताल सुदूरपश्मिको मात्रै नभएर देशकै एक महत्वपूर्ण सम्पदाको रुपमा चिनिन्छ । कैलाली जिल्लाको मध्यवर्ती क्षेत्रमा रहेको घोडाघोडी नगरपालिकामा अवस्थित यो ताल सन् २००३ अगष्ट १३ गते रामसार सूचिमा सूचिकृत भएको थियो ।

विश्व जनचर इतिहासमा सङ्कटपूर्ण अवस्थामापुगेका दर्जनौ जातका रैथाने माछाका प्रजाति, पुतली तथा अन्यदुर्लभ मानिने चराचुरुङ्गीको बासस्थानको रुपमा यो ताल परिचित छ । पूर्व–पश्चिम महेन्द« राजमार्गसँग जोडिएको यो क्षेत्र धार्मिकसँगै प्रकृतिको अपार अनन्द प्रर्दान गर्ने स्थानका रुपमा यसको वशेष महत्व रहेको छ ।

तालको मनोरम दृश्य, ढुंगा सयर, धार्मिक क्षेत्र, बनभोज स्थल, शैक्षिक भम्रणका रुपमा यो क्षेत्र परिचित छ । यस ताल वरपर रहेका शिवमन्दिरमा माघे सङ्क्रान्ति र शिवरात्रीका दिनमा विशेष पुजाआजा हुनुका साथै ठुलो मेला लाग्ने गर्दछ । साथै, उक्त चाडपर्वमा तालको पानीले स्नानगर्दा पापहरु पखालिने जनविश्वास रहदै आएको छ ।

हत्केला आकारमा करिब १३८ हेक्टर फराकिलो र ४ मिटर गहिरो रहेको ताल वरपरको संरक्षित भु–भाग भने २ हजार ५ सय ६३ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

कैलालीको सदरमुकाम धनगढीबाट करिब ५५ किलोमिटर पूर्वमा र सुदूरपश्चिमको प्रवेशद्वार कर्णाली चिसापानीबाट करिब ४० किलोमिटर पश्चिममा अवस्थित छ ।

यस तालको बारेमा मानिसहरुको आ–आफ्नो भनाईहरु रहेको पाईन्छ । त्यस मध्येमा, पानीको जलाशयमा घोडा र घोडीमा चढेका राजारानीहरु डुबेको भएर यस तालको नाम घोडाघोडी रहेको बताउँछन् ।

घोडाघोडी ताल क्षेत्रमा साना ठुला गरि अन्य १९ वटा तालहरु रहेका छन् । सम्पूर्ण तालहरु एकअर्कासँग जोडिएका छन् । सम्पूर्ण तालहरु एकअर्कासँग जोडिएकोले यसको आकार हातको पञ्जा जस्तै देखिन्छ । घोडाघोडी ताल क्षेत्रमा ५२ प्रतिशत जति वन , ३४ दशमलव ५ प्रतिशत खेती योग्य जमिन, ६ प्रतिशत ताल, २ प्रतिशत घाँसे मैदान, १ दशमलव ६ प्रतिशत नदी र बलौटे जमिन, शुन्यदशमलव ५ प्रतिशत पूर्वपश्चिम राजमार्गले ओगटेको छ ।

यो ताल क्षेत्र जैविकविविधता, प्राृकतिक सौन्दर्यता, विभिन्न चराचुरुङी र जलचर प्राणीको बासस्थानका साथै धार्मिक महत्वका रुपमा चर्चित रहदै आएको छ ।

जैविकविविधता क्षेत्रभित्रका दुर्लभ र विशिष्ट प्रकारको प्राकृतिक संरचना र अति सम्बेदनशील संकटापन्न खतराबाट यहाँका परिस्थिकीय प्रणालीलाई सहयोग पु¥याएको कारणले यसलाई रामसार सूचीमा सूचिकृत गरिएको छ ।

यहाँ अति संकटापन्न रातो टाँउके कछुवा पाइन्छ । त्यस्तै, संकटापन्न पाटे बाघ र जंगली कुकुर पनि पाईने गरेको छ । लोपहुँदै गएको मगर गोही, हरी हाँस र जंगली धानपनि यस क्षेत्रमा भेटिने गरेका छन् । यस ताल क्षेत्रमा १ सय ४० प्रजातिका चरा, २९ प्रजातिका माछा, ४ सय ५० प्रजातिका बोटबिरुवा र ९ प्रजातिका उभयचर प्राणी रहेको जिल्ला बन कार्यालय कैलालीले जनाएको छ ।


घोडाघोडी क्षेत्र घुमन्ते प्रजातीकाचराचुरुङ्गीहरुको उचित गन्तव्य स्थानका रुपमा पनि परिचित छ । पंक्षिविद हेमसागर बरालका अनुसार कुनै प्रजातिका चराहरु बाहै्र महिनायसै ठाउँमा बसोबास गर्छन, जसलाई यहाँका रैथाने प्रजातिका चराहरु भनिन्छ । कतिपय चराहरु भने बाहिरबाट आउने गर्छन । जुन केही समयपछि अन्यत्र नै फर्किने गर्दछन् । चराचुरुङ्गीहरुको बासस्थानका लागि नेपालको अहिलेसम्मकै उपयुक्त स्थानमानिएको पोखराको बेगनास तालभन्दापनि घोडाघोडी ताल क्षेत्र अगाडी रहेको बरालको दाबी छ ।

घोडाघोडी ताल क्षेत्रको छुट्टै धार्मिक महत्वपनि छ । पूर्वपश्चिम राजमार्गसँग जोडिएको तालसँगै घोडाघोडी बाबाको मन्दिर रहेको छ । जहाँ हरेक दिनदर्शनार्थीहरुको ठूलो भिड लाग्ने गरेको छ । यस मन्दिरमा विशेष विवाह र ब्रतबन्धलगायतका शुभकार्यहरु हुने गर्दछन् ।

तर, पछिल्लो समय घोडाघोडी क्षेत्र मानव अतिक्रमणको चपेटामा पर्न थालेको छ । सुदूरपश्चिमको तराई जिल्लाभएकाले पहाडी क्षेत्रबाट बसाई सर्ने क्रमतिब्र भएसँगै यस जिल्लाको जनघनत्व बढ्दो छ । यस क्षेत्रमा बढेको अनधिकृत बसोबासले करिव ४ सय हेक्टर वन क्षेत्र आवादीमा परिणत भैसकेको जिल्ला बन कार्यालयले जनाएको छ ।

जलाधार क्षेत्रमा भूक्षयका कारण वर्षात्मा बगेर आउने पानीले तालपुरिने खतरा बढ्दै गैरहेको छ । जलकुम्भी, बेसरम लगायतका विभिन्न किसिमका मिचाहा वनस्पतीहरुको बढ्दो अतिक्रमणले पनिताल क्षेत्र साँघुरिदै गएको छ । माछा, पानीहाँस, जलचर तथा जंगली जनावरहरुको चोरी शिकारी पनि यस क्षेत्रले खेप्दै गरेको अर्को चुनौती हो । ताल क्षेत्र वरपर बढेको मानवबस्तीका कारण जंगलबाट साल, खयर र महत्वपूर्ण वनस्पतीहरु मासिदै गएका छन् ।

नेपाल सरकारको सिमसार संरक्षण तथा सदुपयोग आयोजनाले घोडाघोडी ताल क्षेत्रको संरक्षणमा कामगरिरहेको भएपनि प्रचारप्रसार तथा दिगो व्यवस्थापनको अभावमा यो क्षेत्र ओझेलमा पर्दै गएको हो ।

प्रकाशित : मङ्गलबार, मङि्सर १९, २०७४१२:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

के तपाई धनको हानिबाट बच्न चाँहनुहुन्छ ? थाँहा पाउनुहोस् खानपानसँग जोडिएको यस्तो अनौठो राज