व्हाट्सएपले दियो ग्रुप एडमिनलाई यस्तो शक्ति, अब अनुमति बिना म्यासेज पनि पठाउन नमिल्ने!

एजेन्सी, संसारको सबैभन्दा ठूलो सन्देश एप्स, व्हाट्सएपले समूह व्यवस्थापक (ग्रुप एडमिन) लाई नयाँ शक्ति दिएको छ। यसको अर्थ अब ग्रुप एडमिनले कुनै पनि मेम्बरलाई म्यासेज पठाउन बाट रोक्न सक्नेछ । मतलब बिना ग्रुप एडमिनको मर्जी कसैले पनि म्यासेज पठाउन सक्ने छैन । व्हाट्सएपको नयाँ फीचरलाई टेस्ट गर्ने एक साइट WABetaInfo को अनुसार यस एपको नयाँ भर्जन २.१७.४३० मा प्रतिबन्धित समूहहरू (Restricted Groups) को फीचर आउनेला छ । यो अपडेटपछि एडमिनले कुनैपनि मेम्बरलाई ग्रुपमा फोटो, गिफ (GIF), डकुमेन्ट या बायोस म्यासेज पठाउन रोक लगाउन सक्नेछ ।

नयाँ भर्जनमा आउन लागेको प्रतिबन्धित समूहहरू (Restricted Groups) सेटिंगको मात्र ग्रुप एडमिनले सक्रिय (एक्टिवेट) गर्न सक्नेछ । एक पटक रोक लगाएपछि ग्रुप मेम्बरले केवल म्यासेजलाई हेर्न मात्र पाउने छ । म्यासेजको रिप्लाई र केही पोस्ट गर्नु पर्यो भने पनि एडमिनको अनुमति  लिनु पर्नेछ । यसको लागि म्यासेज एडमिन (Message Admin) नामको एक अप्सन दिईएको हुनेछ । र एडमिनको अनुमतिपछि  मात्र उक्त पोस्ट ग्रुपमा देखिने छ ।

 

प्रकाशित : मङ्गलबार, मङि्सर १९, २०७४१३:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

गूगलले लन्च गर्यो डाटा बचाउने नयाँ एप, अब डाटा युजर्सलाई यस्तो फाइदा!