गूगलले लन्च गर्यो डाटा बचाउने नयाँ एप, अब डाटा युजर्सलाई यस्तो फाइदा!

एजेन्सी, संसारकै सबैभन्दा ठुलो टेक्नोलोजी कम्पनी गूगलले मोबाइल डाटा बचाउने ‘Datally’ नामको एक एप लन्च गरेको छ । यो एप एन्ड्रोइड यूजर्सको लागि रहेको छ । यो एपले स्मार्टफोनमा सबै भन्दा धेरै डाटा प्रयोग गर्ने एपलाई मोनिटर र कन्ट्रोल गर्नुको साथै नजिकैको वाईफाई हटस्पटको पनि पत्ता लगाउँछ । यो एप बिशेष गरि एसियन देशहरुलाई मध्यनजर गरेर बनाईएको छ । यी देशहरुमा डाटा यूजर्सको संख्या अधिक मात्रामा रहेको पाईएको छ । डाटा प्रयोग कर्ताहरुलाई सधै डाटा कतिखेर सक्किने हो भन्ने चिन्ता लागिरहेको हुन्छ ।

गूगल अनुसार यस एपलाई लगभग ५ लाख यूजर्सको साथ टेस्ट गरिएको थियो र यी यूजर्सको लगभग ३० प्रतिशतत डाटा यो एपले बचाएको थियो । यो एप हाल गूगल प्ले स्टोरमा सार्वजनिक गरिएको छ र यसलाई सजिलै डाउनलोड पनि गर्न सकिनेछ । एपलाई शुरु गर्नका लागि लोकेशन, वाईफाई, डिवाइस र ऐप हिस्ट्री लगायतका विवरणको आवश्यक एक्सेस दिन पर्दछ । एपको प्रयोग गरेपछि हरेक दिन प्रयोग गरेको डाटाको विवरण देखाई दिन्छ । मोबाइल डाटा बचाउनको लागि सेट अप डाटा सेवर (set up Data Saver) को अप्शनलाई अन गर्नु पर्नेछ ।

 

प्रकाशित : मङ्गलबार, मङि्सर १९, २०७४१४:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

२०१८ मा लन्च हुन लागेको आईफोनमा यस्तो नयाँ फिचर भित्रिदै !