कति वर्षको अन्तरमा विवाह गर्दा उचित ? जानी राखौ!

धेरै जसो पुरुषहरु आफुभन्दा कम उमेरकी महिलासंग  विवाह गर्न बढी रुचाउछन्। चिकित्सकहरु अनुसार विवाहका लागि धेरैमा ४ वर्षसम्मको ग्याप ठिक हुन्छ। उमेर भिन्नताले यौन जीवनमा समस्या ल्याउन सक्छ भन्ने कुरामा कसैले ध्यान नदिएको बताउछन्। विवाह गर्दा एकै उमेरमा गरेदेखि भावनात्मक सम्बन्ध र सोचाइ मिल्ने भएकाले उस्तै उमेरमा विवाह गर्दा राम्रो मानिन्छ। तर हाम्रो नेपाली समाजमा भने १५ वर्ष सम्मको अन्तरमा विवाह हुन्छ जसको कारण पछि यसले यौनजीवनमा समस्याहरु ल्याउने गर्दछ ।

उदाहरणका लागि १५ वर्षको फरकमा विवाह भएको छ भने अब पुरुष ५५ बर्ष पुग्दा उनकी  श्रीमती ४० बर्सकी हुन्छिन् र यो उमेरमा पुरुषको यौनक्षमतामा कम हुदै गएको हुन्छ र उसले आफ्नो श्रीमतीलाई यौन जीवनमा खुसि दिन सक्दैन। जसले गर्दा पारिवारिक समस्याहरु उत्पन्न हुन थाल्छन् । मानिसहरुमा २० वर्ष देखि ३० वर्षको उमेरमा यौन इच्छा बढी हुन्छ। चिकित्सकहरुका अनुसार विवाह गर्ने उमेर भनेको पुरुषका लागि २८ वर्ष देखि ३० वर्षको उमेर र महिलाको लागि २५ वर्ष देखि २८ वर्षको उमेर उचित मानिन्छ ।यो समयमा विवाह गर्नाले दुबै दाम्पतिको यौन जीवन खुसि रहने बताउछन् ।

प्रकाशित : शनिबार, मङि्सर १६, २०७४१२:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

किशोरीहरु तल्लो पेट दुख्ने समस्याले हैरान, यस्ताे छ डा. ताम्राकारकाे हेल्थ टिप्स