ज्योतिष शास्त्रअनुसार बिहान उठेर यी ४ काम गरे सुख-शान्ति प्राप्त हुने!

हरेक व्यक्ति आफ्नो काम सफल होस् भनेर अनेक पूजा, पाठ, दान, होमन, यज्ञ र मिहिनेत गरिरहेको हुन्छ । तर धेरै पटक मिहिनेत र कोसिस गर्दा पनि कति कामहरु बिग्रिरहेको हुन्छ । जति गर्दा पनि सफलता हासिल गर्न सकीरहेको हुदैन । त्यस्तो व्यक्तिहरुलाई ज्योतिष शास्त्रले धेरै उपायहरु बताएको छ । जसबाट सफलता प्राप्त गर्न सजिलो हुनेछ । शास्त्र अनुसार बिहान छिट्टै उठ्ने बानि राम्रो मानिएको छ । यदि तपाई आफ्नो दिन राम्रोसँग बितोस भन्ने चाहानु हुन्छ भने यी काम गर्न जरुरी रहेको छ

१. यदि हरेक काममा भाग्यले साथ दियोस भन्ने चाहानुहुन्छ भने नियमित रुपमा बिहान छिटै उठ्ने बानी बसाल्नुहोस् । यसो गर्नाले तपाइको पूरा दिन शुभ र शक्तिले भरिने छ ।

२. यदि घरमा सधै सुख-शान्ति बनि रहोस भन्ने चाहानु हन्छ भने हरेक बिहान नुहाएर कुनै व्यक्तिलाई दान गर्नु पर्दछ ।

३. हिन्धु धर्ममा तुलसीको बोटको बिशेष महत्व रहेको छ । त्यसैले नियमित रुपमा तुलसीको बोटको अगाडि बिहान र बेलुका दियो बाल्नुहोस् ।

४. घरबाट नकारात्मक उर्जा सधैको लागी हटाउनु छ भने हरेक दिन बिहान नुहाएर गायत्री मन्त्रको जप गर्नुपर्दछ ।

प्रकाशित : बिहिबार, मङि्सर १४, २०७४१५:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

के तपाईको खल्तीबाट पैसा झर्छ ? यो कस्तो संकेत हो ? जानीराखौ!