के तपाईको खल्तीबाट पैसा झर्छ ? यो कस्तो संकेत हो ? जानीराखौ!

लुगाबाट पैसा खस्नु सामान्य मानिन्छ । प्राय: हरेक मानिसहरुसँग यस्तो भईरहेको हुन्छ । तर वास्तुशास्त्र अनुसार पैसा खस्नुको एक अलग मान्यता रहेको छ । आफ्नो खल्तीबाट पैसा खस्नु सामान्य नभईकन यो धेरै थरिको शुभ-संकेत भएको वास्तुशास्त्रले बताएको छ ।

कपडा लगाउने समयमा या कामको लागि बाहिर निस्केको समयमा यदि तपाइको खल्तीबाट सिक्का खस्छ भने तपाईलाई शुभ हुने संकेत मानिन्छ । यो संकेत आउने दिनहरुमा तपाईलाई धन प्राप्तिको योग बनेको भन्ने बुझिन्छ । साथै अब लेन-देनको समयमा कसैलाई पैसा दिदा हातबाट पैसा खसेर भुइँमा खस्छ भने त्यसलाई पनि शुभ मानिन्छ । यो संकेत भबिस्यमा हुने सम्झौता तपाईको पक्षमा हुनुका साथै धन लाभ पनि हुनेछ । यस्तै घरबाट बाहिर जाने क्रममा बाटोमा कुनै सिक्का भेटिन्छ भने छिटै नै देवी लक्ष्मीको कृपा मिल्ने संकेत रहेको बुझिन्छ ।

प्रकाशित : बिहिबार, मङि्सर १४, २०७४१७:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

घरमा जसरी पनि लगाउनुहोस् यस्ता बिरुवाहरु, हुनेछ अकल्पनीय लाभ !