घरमा जसरी पनि लगाउनुहोस् यस्ता बिरुवाहरु, हुनेछ अकल्पनीय लाभ !

हिन्धु धर्ममा जति भगवानको पूजा गरिन्छ त्यति नै बोट बिरुवाहरुको पनि पूजा गर्ने गरिन्छ । धार्मिक आस्थाले बोट-बिरुवाको महत्व छुट्टै रहे पनि वास्तुशास्त्र अनुसार भने बोट-बिरुवाको हाम्रो जीवनसँग सम्बन्धित छुट्टै महत्व रहेको छ । वास्तुशास्त्र अनुसार घरमा बोट-बिरुवा नराख्नाले घरमा बस्नेलाई आर्थिक, शारीरक एवं मानसिक समस्याको सामना गर्नुपर्ने बताएका छन् । घरमा सुख-समृद्धि पाउनका लागि केही बोट-बिरुवा लगाउन जरुरी रहेको बताएको छ । कुन बिरुवा रोपे कस्तो लाभ हुने यसप्रकार रहेका छन् ।

१. फेंगु शुईको अनुसार बासको बिरुवा समृद्धि र प्रगतिको प्रतिक हुन्छ । यसलाई घरमा जहाँ पनि राख्न सकिन्छ । यसले घरमा भएको नकारात्मक उर्जालाई समाप्त गर्ने काम गर्दछ ।

२. नरिवलको रुख पनि शुभ मानिन्छ । यसलाई घरमा राख्नाले घरको परिवारमा एक-अर्को प्रति प्रेम र सद्भावना बढाउँछ ।

३. केराको वृक्ष भगवान विष्णुको प्रिय मानिन्छ । धनको कारक ग्रह गुरूको यसमा प्रभाव रहेको हुन्छ । यसलाई उत्तर दिशामा लगाउनाले घरमा धन भित्रिने छ । केराको वृक्षको नजिक तुलसीको बोट लगाइयो भने अति शुभ हुन्छ । यसो गर्नाले विष्णु र लक्ष्मीको कृपा साथ-साथ प्राप्त भईरहन्छ ।

४. घर बाहिर वृक्षहरु लगाउने ठाउँ नभए घर भित्र मनी प्लान्ट लगाउन सकिन्छ । चाईनिज बास जस्तै यो वृक्ष पनि समृद्धिदायक बिरुवा मानिन्छ । मनि प्लान्ट रोपिसकेपछि त्यसको बिग्रिएको पातहरु भने समयमा नै टिप्नु पर्दछ ।

प्रकाशित : बिहिबार, मङि्सर १४, २०७४१९:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शनिबारको दिन भुलेर पनि खान हुदैन यी चिज, खाए देखि शनि दोष हुने!