फेरी ट्विटरले ल्यायो नयाँ फीचर, यस्तो छ फाईदा !

एजेन्सी, ट्विटरले पछिल्लो केही समय अघि देखि आफ्नो यूजर्सहरुलाई नयाँ-नयाँ अपडेट ल्याउदै सजिलो बनाउदै गईरहेको छ । अब फेरी ट्विटरले नयाँ फिचर्स अपडेट गर्न लागेको छ । यो सुविधा अपडेट भए पछि युजर्सहरुले आफ्नो मनपरेको ट्वीटलाई सेभ गरेर पछि पढ्न सक्नेछन् । हाल ट्विटर ‘बुकमार्क’ नामको सुविधाको जाचँ गरिरहेको छ । अन्य सोशल नेटवकिङ्ग साइट फेसबुकमा यो सुबिधा पहिले नै आएको छ । आफ्नो युजर्सहरुलाई पनि फेसबुकको झैँ सुविधा दिनको लागि ट्विटरले यो सुविधा आ-आफ्नो ३० करोड भन्दा धेरै उपयोगकर्ताहरुलाई दिने भएको छ । यस सुविधाको माध्यमबाट आफ्नो सुविधानुसार निजी रूपमा पढ्नको लागि सुरक्षित गर्न सक्नेछन् ।

ट्विटरको उत्पाद डिजाइनर टीना कोयामाले बिहिबार राती ट्वीट गरेर यसको जानकारी दिएकी थिइन् ।
उनले आफ्नो ट्वीटमा लेखेकी थिइन् ‘सेवफरलेटर’ टीमको तर्फबाट सूचना आएको छ । हामीले आफ्नो नयाँ फीचर ‘बुकमार्क’ नाम दिने फैसला भएको छ।  किनकि यस शब्दको उपयोग सामन्यतया सामग्रीको सुरक्षा गर्नका लागि प्रयोग गरिन्छ । युजर्सहरुले ट्वीटलाई बुकमार्क गर्न चाहेको गुनासो ट्विटरलाई राखेको हुनाले यी कुराहरुलाई मध्यनजर गर्दै ट्विटरले यो फिचरलाई प्रयोगमा ल्याउन लागेको टीनाले बताएकी छिन् ।

प्रकाशित : मङ्गलबार, मङि्सर १२, २०७४१५:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

स्मार्टफोन चार्ज गर्दा नगर्नुहोस यी चार गल्ति, नत्र हुनेछ नोक्सान !