स्मार्टफोन चार्ज गर्दा नगर्नुहोस यी चार गल्ति, नत्र हुनेछ नोक्सान !

प्रविधिको विकासले आजकल साना बच्चादेखि ठुला व्यक्तिसम्मका मानिसहरुको हातमा स्मार्टफोन देख्न सकिन्छ । समय अनुसारले स्मार्टफोनको डिमाण्ड पनि उतिकै बढ्दो छ । सामान्यतय मानिसहरुले स्मार्टफोन चलाउदा निकै गल्ती गरिरहेका हुन्छन । स्मार्टफोनको ब्याट्री लाइफ थोरै हुने भएकोले प्राय: यसको चार्ज गर्ने समयमा केही कुराहरुलाई ध्यानमा नराख्दा फोनमा समस्याहरु देखिने गर्दछ ।  स्मार्ट फोन चार्ज गर्दा हुने केही गल्ती र  त्यसको समाधान यस प्रकार रहेका छन् ।

१. सधै स्मार्टफोन खरिद गर्दा फोनसँगै आउने चार्जरको प्रयोग गर्दा ब्याट्री लाइफ र फोनमा समस्या खासै आउदैन । यसी अरु कुनै मिल्ने चार्जरको प्रयोग गर्नुहुन्छ भने यसले तपाइको ब्याट्री लाइफमा असर पार्दछ ।
२. चार्ज गर्नुअघि फोनमा भएको कभर निकाल्दा उपयुक्त हुन्छ । चार्ज गर्ने समयमा कभर निकै तात्ने भएकोले कभर निकालेर चार्ज गर्दा राम्रो हुन्छ ।
३. कहिले पनि स्मार्टफोनलाई पुरै रातभरि चार्जमा राखेर सुत्नु हुँदैन । धेरै चार्ज गर्दा हुनाले ब्याट्री फुल्ने र १००% चार्ज गर्दा ब्याट्रीमा खराबी आउने भएकोले करिव ९० % सम्म चार्ज गर्दा राम्रो हुन्छ ।
४. फोनमा ब्याट्री सेबर याप अथवा फास्ट चार्जिङ्ग याप राख्नाले ब्याट्रीमा झन समस्या आउने गर्दछ ।

प्रकाशित : मङ्गलबार, मङि्सर १२, २०७४१८:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

व्हाट्सएपले दियो ग्रुप एडमिनलाई यस्तो शक्ति, अब अनुमति बिना म्यासेज पनि पठाउन नमिल्ने!