ल्यापटपमा काम गर्ने बानि छ भने सावधान, आयो यस्तो रिपोर्ट!

बिकसित प्रबिधि र बदलिदो समाजमा कम्पुटर र ल्यापटपको प्रभाव निकै परेको देख्न सकिन्छ । मानव जीवनमा कम्पुटरको प्रयोग लगभग दैनिकी आवश्यकता झैँ भईसकेको छ । आजभोलि अफिस देखि लिएर शैक्षिक क्षेत्रसम्म र  बैज्ञानिक क्षेत्र देखी मनोरन्जनात्मक क्षेत्रसम्म लगायत अन्य विभिन्न क्षेत्रमा पनि कम्पुटरको मुख्य भूमिका बन्दै आएको छ । लगभग अब सानो भन्दा सानो काममा पनि कम्पुटरको प्रयोग हुन थालेको छ ।

लस एन्जल्स स्थित यूनिभर्सिटी अफ क्यालीफोर्निया र प्रिन्सटन यूनिभर्सिटीमा गरिएको एक अनुसन्धान गर्ने क्रममा छात्रहरुलाई लेक्चरको समयमा अचानक ल्यापटप या पेन-पेपरमा कुनै एकलाई छान्न अनुरोध गरियो ताकि पढाएको पाठ बुझ्न सक्ने उनीहरुको कौशललाई बुझन सकियोस । परीक्षणमा ल्यापटप प्रयोग गर्नेको भन्दा पेन-पेपरको प्रयोग गर्ने विद्यार्थीको कौशल धेरै देखियो । पेन-पेपरको प्रयोग गर्नेहरुले लेक्चरको नोट्स छोटोर राम्रो ढंगबाट प्रस्तुत गरे भने ल्यापटपको प्रयोग गर्नेहरुले भने राम्रोसँग प्रस्तुत गर्न सकेनन ।

शोधकर्ताहरुले न्यु योर्क युनिभर्सिटी र मैकमास्टर युनिभर्सिटीमा पनि गरिएको परीक्षणबाट जुन छात्र ल्यापटपमा गर्नेको नजिक बस्दछ उसको पनि काम गर्ने प्रतिभामा नकारात्मक असर पर्ने गर्दछ । यसलाई आर्थिक रुपमा नकारात्मक बहिष्कारको रुपमा परिभाषित गर्न सकिन्छ । यो तब हुन्छ जब एक व्यक्तिको खपत अरुको भलाईमा नोक्सान पुराउदछ ।त्यसैले ल्यापटप स्क्रिनमा ध्यानाकर्षण गर्ने ठुलो क्षमता छ। यसमा टिप्पणीहरू वा व्याख्याहरू समावेश गरिएको छैन।

प्रकाशित : मङ्गलबार, मङि्सर १२, २०७४१४:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अनुमति बिना युजर्सको लोकेसन देखाइदिएपछि ट्विटरले माग्यो माफी !