अनुमति बिना युजर्सको लोकेसन देखाइदिएपछि ट्विटरले माग्यो माफी !

माइक्रो ब्लगिंग साइट ट्विटरले पछिल्लो हप्ता केही यूजर्सको ट्वीटमा उनीहरुको लोकेशन बिना अनुमति देखाईएको थियो । त्यसपश्चात ट्विटर कम्पनीले आफ्नो गल्ती स्वीकार गरेर यूजर्सहरुसँग माफी पनि मागेको छ । ट्विटरले आफ्नो गल्तीलाई स्वीकार गर्दै एक ‘बग’ को कारण केही यूजर्सहरुको लोकेसन बिना अनुमति देखाईएको थियो भनेर स्पष्टीकरण दिएको छ । उक्त गल्तीको माफी ट्विटरले आफ्नो ब्लगमा हालै लोकेसन सेयरिङ्ग अन गर्ने केही यूजर्सको इमोजी या जीआईएफ भएको ट्वीट्समा उनीहरुको अनुमति बिना लोकेसन देखाईएको थियो । साथै ट्विटरले केहि दिनअघि यसबारे सावधान पनि गराएको थियो ।

कुनै कुनै ट्वीटमा झन् यूजरको शहरसम्मको पुरै जानकारी आएको थियो । त्यस पश्चात केही ट्विटर यूजर्सले सिधै ट्विटर र त्यसका सस्थापकलाई प्राइभेसी मामलाको बारेमा ट्वीट गरेका थिए । केही यूजर्सले भने आफ्नो ट्वीटरमा देखाईएको लोकेसन नै गलत भएको र आफू गएको पुरानो स्थानको लोकेसन देखाएको भनेर पनि ट्विटरलाई बताएका छन् । इनवर्स डट कमको अनुसार, कम्पनीले उक्त लोकेसन सेयर भएको ट्वीट्सहरु हटाईएको जुन बगको कारणले प्रभावित भएको थियो र कम्पनीले ति यूजर्सहरुलाई ईमेल पठाएर यसको सुचना दिएको छ ।

 

प्रकाशित : मङ्गलबार, मङि्सर १२, २०७४१४:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

फेरी ट्विटरले ल्यायो नयाँ फीचर, यस्तो छ फाईदा !