नेपालीहरुको चौतर्फी बिरोधपछी अन्तत दलाई लामाले विवादास्पद अभिव्यक्ति सच्याए

काठमाडौं, १० मंसिर । नेपालीहरु तथा विभिन्न संघ संगठनहरु चौतर्फी आलोचना तथा बिरोधपछि तिब्बतका धार्मिक नेता दलाई लामाले गौतम बुद्धको जन्मबारेको आफ्नो विवादास्पद अभिव्यक्ति सच्याएका छन् ।

लामा गत महिना बुद्ध जन्म नेपालमा नभएको भन्ने अभिव्यक्ति दिएका थिए।  उनको उक्त अभिव्यक्तिपछी विश्वभर रहेका नेपालीहरुले त्यसको घोर बिरोध र आलोचना गरेका थिए। बिरोधपछि उक्त विवादित अभिव्यक्तिलाई लामाले सच्याउँदै बुद्ध लुम्बिनीमा जन्मिएको तर भारतिय भूमिमा बुद्द्त्व प्राप्त गरेको बताएका छन्। तर उनले उक्त स्पष्टिकरणमा नेपालको लुम्बिनी भनेर उल्लेख नगरी बुद्धको जन्म लुम्बिनीमा भएको बताएका छन्।

लामाले टिबेट डट नेटनामक वेबसाइटमार्फत बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रस्ट पारेका हुन् । यसअघि भारतको मेरठमा भएको कार्यक्रममा बुद्ध नेपाल, भारत, तिब्बत वा चीन कुनै पनि देशको नभएको बताएका थिए । तिब्वतबाट भारतमा निर्वासित जीवन बिताइ रहेका दलाई लामाले घुमाउरो पाराले नेपालीहरुमा पर्ने गएको गलत बुझाईप्रति ध्यानाकर्षण भएको भन्दै आफ्नो गल्ति लुकाउन परयास समेत गरेका छन्  ।

उनले ज्ञानमार्फत बुद्धले समग्र एसियामा पारेको प्रभाव बुझ्नु अपरिहार्य भएको भन्दै उनलाई कुनै पनि देशमा मात्र सीमित गर्न नहुनेमात्रै आफूले धारणा राखेको उनको दाबी छ ।

प्रकाशित : सोमबार, मङि्सर ११, २०७४११:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

संयुक्त राष्ट्रसंघबाट नेपाली सेनालाई ठूलो सम्मान् !