संयुक्त राष्ट्रसंघबाट नेपाली सेनालाई ठूलो सम्मान् !

काठमाडौँ, २८ मंसिर । दक्षिणी सुडानको रोम्बेकमा खटिएको नेपालको शान्ति सेनालाई उत्कृष्ट कार्य गरेबापत संयुक्त राष्ट्रसंघीय पदक प्राप्त भएको छ ।

रोम्बेकमा हालै आयोजित एक समारोहमा दक्षिण सुडानका राष्ट्रसंघीय फोर्स कमाण्डर लेफ्टिनेन्ट जनरल फ्र्याङ्क मुसायो कामानाजीले नेपाली सेनालाई उक्त पदक हस्तान्तरण गर्नुभएको ललितपुरस्थित संयुक्त राष्ट्रसंघको कार्यालयले आज जनाएको छ । सन् १९५८ देखि नेपालले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा नेपाली सेना खटाउँदै आएको छ ।

हालसम्म ४२ वटा शान्ति स्थापना कार्यमा नेपाली सेना सहभागी भइसकेको छ भने अहिले पनि १४ वटा स्थानमा सेवा प्रवाह गरिरहेको छ ।

प्रकाशित : बिहिबार, मङि्सर २८, २०७४१२:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जर्मनीबाट नेपाललाई आयो यस्तो खुसिको खबर !