यस्तो छ कुकुरले टायरमा पिसाब गर्नुको तार्किक कारण….

एजेन्सी, कुकुरले किन प्राय: जसो गाडीको, साइकलको, अन्य टायरहरुमा पिसाब फेर्ने गर्दछ ? तपाईलाई थाहा छ ? यस बारेमा सायद थोरैलाई मात्र थाहा होला । वास्तवमा मानिसहरुको लागि यो निकै सामान् कुरा हो । त्यसैले धेरै मानिसहरुले यस बिषयमा जान्ने कोशिस पनि गरेका छैनन् । कुकुरले टायरमा पिसाब फेर्नुको पनि छुट्टै कारण रहेको छ । कुकुरले जस्तोसुकै खुल्ला ठाउँ भएपनि पिसाब भने टायर या रुखहरुमा, बिरुवाहरुमा र कहिले काहीँ भित्ता या खम्बाहरुमा गर्ने गर्छ ।

एक अनुसन्धान अनुसार कुकुरले आफ्नो नाकको उचाईमा पिसाब गर्ने गर्दछन् ताकि उनीहरु अन्य कुकुरको लागि गन्ध छोड्न सकुन । यसरी यिनीहरुले अर्को कुकुरलाई आफ्नो इलाका बताउने गर्दछन् । यसको लागि कुकुरहरु कुनै वस्तुमा पिसाब फेर्ने गर्दछन् । यदि कुनै कुकुर अन्य कुकुरको इलाकामा पस्यो भने उसको गन्ध उनीहरुलाई मिल्ने गर्दछ । र उनीहरु सजिलै घुलमेल हुन सक्छन् ।

 

प्रकाशित : सोमबार, मङि्सर ११, २०७४१७:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यहि एउटा सिक्काले बनायो एक व्यक्तिलाई लखपति: जान्नुस् यसको मूल्य