यहि एउटा सिक्काले बनायो एक व्यक्तिलाई लखपति: जान्नुस् यसको मूल्य

पहिले पहिले मानिसहरु महँगा धातुहरु, खरखजानाहरु लुकाउनको लागि जमिनमुनि गाड्ने गर्थे। त्यस्तै अर्को कुरा राजामहाराजाहरुले खरखजना जमिनमुनि गने गर्छन् भन्ने कुराहरु हामीले हजुरबुवा हजुरआमाहरुबाट पनि सुन्ने गरेका थियौँ।

बेलायत  एक  व्यक्तिको दिमागमा सधै यस्तै कुरा खेल्ने गर्दो रहेछ।  उनि धेरै कहानीहरुमा यस्तै सुनेको थियो, १५०० वर्ष पहिले राजाले खजाना गाडेका थिए। त्यो जग्गा उसको घरको नजिकै थियो। त्यसैले उ कहानीमा सुनेको कजाना खोज्न हरेक समय त्यहाँ जना थाल्यो। उसको त्यहाँ गएर खन्ने काम दैनिकी नै बनेको थियो।

बेलायतको शहर  चेम्सफोर्ड निवासी क्रिस कटलरले जब थाहा पाए १५०० वर्ष पहिले एङ्ग्लो सेक्सोनका बेलाको खजाना लुकाईएको छ। उनले खजान गाडिएको भन्ने खेतमा चारदिन लगाएर १६०० स्वायर मीटर सम्म खाने। चौथो दिनको कुरा हो, उनले त्यत्रो खाडल खण्ड पनि केहि फेला नपरेपछि थकान महसुस गर्दै थाच्च भुँई बसे। अनि थकानको पिडामा यताउता केर्दै थिए उनले एउटा चम्किलो बस्तु देखे। त्यसपछि उनले जे देखे तब उनको होसहवास उड्यो।

ढुँगा थिएन त्यो थियो सुनको सिक्का
सुरुमा क्रिसलाई विश्वास लागेन सोचे कुनै चम्किने ढुँगा होला। तर जब उनले सफा गरेर हेरे त्यो सुनको पो सिक्का रहेछ। त्यसपछि उसले खुसि हुँदै झन् धेरै खन्न थाल्यो। तर उनले त्यस बाहेक केहि पनि भेट्न सकेनन्।  तर क्रिसलाई थाहा थियो त्यो एउटै सिक्काको मूल्य धेरै महंगो पर्छ।

त्यसपछि उसले त्यो सिक्का बोकेर ब्रिटिश म्यूजियम पग्यो। चेकजाँच गर्दा थाहा हुन आयो कि यो सिक्का १५०० वर्ष पुरानो एङ्ग्लो सेक्सोनका बेलाको सिक्का थियो।

बेलायती मिडिया डेली मेलका अनुसार, धेरै समय पहिलेबाटै उनि त्यो सिक्काको खोजीमा थिए। उनले खजाना नभेटिने निष्कर्ष निकाल्दै अन्तिम पटक जब खेत खन्न पुगेका थिए त्यसै बेला उनले त्यो सफतला हात परे।  ब्रिटिश म्यूजियमका अनुसार यस सिक्काको मूल्य करीब १३ हजार डलर (१३ लाख भन्दा  बढी) पर्छ।

प्रकाशित : सोमबार, मङि्सर ११, २०७४१७:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बिना कपडा बिरामीको उपचार गर्ने यी महिला डाक्टरको रहस्य खुल्यो !