घरमा परिवारको फोटो राख्दा यस्तो गल्ति कहिल्यै नगर्नुहोस, हुनेछ नकारात्मक शक्तिको बास!

वास्तुशास्त्र अनुसार घरमा रहने हरेक वस्तु हाम्रो जिन्दगीसँग सम्बन्धित हुन्छ र हरेक वस्तुको सकारात्मक र नकारात्मक असर हामीलाई परिरहेको हुन्छ । धेरै जसो मानिसहरुले आफ्नो तस्वीरलाई सजाएर राख्ने गर्दछन् । तर वास्तुशास्त्र अनुसार तस्वीरले पनि हाम्रो जीवनमा ठुलो भूमिका खेलेको हुन्छ । यदि वास्तुको विपरित घरमा तस्वीरहरु लगाइएको छ भने घरमा सकारात्मक उर्जाको कमि हुने गर्दछ।

धेरै जसो घरमा परिवारको तस्वीर सजाइने गरिन्छ । जसमा प्राय जसो माता, पिता र उनका सन्तान हुने गर्दछन् । वास्तुको अनुसार घरमा ३ व्यक्तिको तस्वीर राख्नु राम्रो मानिँदैन । विशेष गरी ३ साथीहरुको तस्वीरले अधिक नकारात्मक असर पार्दछ । यसले साथीमा फाँटो ल्याउने काम गर्छ । यदि तपाईको घरको परिवारमा ३ सदस्य मात्र छन् भने फोटो खिच्दा सावधानी अपनाउन जरुरी रहेको छ । नत्र भने यसले पनि असर पार्दछ । फोटो खिच्दा कहिले पनि दाँया-बायाँ बसेर नखिच्नुहोस् । फोटो ३ सदस्यको छ भने त्रिकोणात्मक स्थितिमा बसेर खिच्ने गर्नुहोस् । र परिवारको मुखियाको फोटो सबैभन्दा माथि हुनु पर्दछ साथै घरको आगाडीको भित्तामा पारिवारिक फोटो राख्न हुदैन । यसो गरे सकारात्मक उर्जाको बास हुनेछ ।

 

प्रकाशित : आइतबार, मङि्सर १०, २०७४१५:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यही मङ्सिर १४ गते मोक्षदा एकादशी: यस्तो कार्य गरे मुक्ति मिल्ने !