यही मङ्सिर १४ गते मोक्षदा एकादशी: यस्तो कार्य गरे मुक्ति मिल्ने !

एजेन्सी, भगवत गीता हिन्दू धर्मको निकै प्रमुख अर्थात् बिशेष ग्रन्थ हो । महाभारत युद्धमा जब पाण्डव र कौरव आमने-सामने भएका थिए तब आफ्नो नातेदारको विरुद्धमा शस्त्र उठाउने कि नउठाउने भन्ने कुरामा अर्जुन दुविधामा परेका थिए । अर्जुनलाई यस मोह र दुविधाबाट निकाल्नको लागि भगवान् श्री कृष्णले अर्जुनलाई नीति ज्ञान दिएका थिए । उक्त नीति ज्ञानको सङ्कलन भगवत गीताको नामबाट चिनिन्छ । श्री कृष्णको मुखबाट भनिएका कुराहरुको सङ्कलन भएको कारण यसलाई भगवानको वाणी पनि मानिन्छ ।

जुन दिन भगवान श्री कृष्णले अर्जुनलाई गीताको सन्देश दिएका थिए उक्त दिन मार्गशीर्ष एकादशीको दिन रहेको थियो । त्यसैले यस दिनलाई मोक्षदा एकादशी पनि भन्ने गरिन्छ । यस वर्ष मोक्षदा एकादशी ३० नोवेम्बर अर्थात् मङ्सिर १४ गते बिहिबारको दिन परेको छ । अठारह अध्यायमा संकलित भगवद गीता दर्शनशास्त्रको अद्भुत सङ्कलन हो । मोक्षदा एकादशीको दिन जो व्यक्ति गीताको पाठ गर्दछ उक्त व्यक्तिलाई आफुले गरेको पापबाट मुक्ति मिल्ने विश्वास पनि रहेको छ ।

प्रकाशित : सोमबार, मङि्सर ११, २०७४१२:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

समुद्रशास्त्र अनुसार यस्ता गर्दन भएका व्यक्तिले तपाइलाई गर्नेछन् विश्वास घात!