एजेन्सी, विवाहको कारक ग्रह मानिने गुरु र शुक्र दुवै अस्ताउन लागेकाले नवेम्बर र डिसेम्बर महिनामा विवाहको मात्र १५ साईत जुरेको छ । यो १५ दिनमा देवगुरु उदय भएका छन् । अर्थात् १९ नवेम्बर देखि १५ डिसेम्बर २०१७ सम्म विवाहको साईत जुरेको छ । शास्त्र अनुसार १५ डिसेम्बरको दिन शुक्र ग्रह अस्ताउनाले विवाह जस्तो मांगलिक कार्य रोकिने गर्दछ । साथै सूर्य वृश्चिक राशिबाट धनु राशिमा प्रवेश गर्नेछ ।
ग्रह अस्ताउनाले शुभ कार्य, मांगलिक कार्यहरु गरिदैनन् । त्यसैले शुक्र ग्रह ३ फेब्रुअरी पश्चात ग्रहको उदय हुनेछ । शुक्र ग्रह ३ फेब्रुअरीको उदय भए पश्चात मांगलिक कार्यको लागि सुभ दिन हुनेछ । विवाहको लागि नोवेम्बर महिनामा विशेष साईत १९, २०, २३, २९ र डिसेम्बर महिनामा ३, ४, १० र ११ तिथि रहेको छ । त्यस पश्चात ५० दिन अर्थात् ३ फेब्रुअरी पश्चात विवाहको साइत रहेको छ । पहिले देव गुरु बृहस्पति ११ अक्टूबरको पश्चिममा अस्ताउनाले विवाहको साइत रोकिएको थियो ।