एजेन्सी, मोटोपना घटाउने र आकर्षक शरीर बनाउने रहर हरेक महिलालाई हुन्छ । शरीर स्लिम बनाउने चाहनाले धेरै महिलाहरुले डाइटिंग शुरुवात गर्ने गर्छन । यस्तै न्युओर्कमा बस्ने स्टेफनी रोड्स नामकि महिला पनि १३ वर्षको हुदा निकै मोटी थिइन् । मोटो भनेर मानिसहरुले मजाक बनाएको भनि उनले दुब्लाउने प्रण लिएर डाइटिंग गर्न थालिन तर उनको डाइटिंग उनकै लागि असरदायी साबित भईदियो ।
कम उमेरमै डाइटिंग गर्नाले उनको शरीरमा चाहिने प्रोटिन तथा भिटामिनको कमि भएपछि उनलाई एक रोगले समात्यो । उनि १७ वर्षको उमेरमा आईपुग्दा यति पातली भईसकेकी थिइन् कि उनको परिवारलाई अब चिन्त्ता लाग्न थालेको थियो । उनको लागि डाक्टरको मद्दत पनि लिईयो तर पनि केही लागेन । उनि आफ्नो डाइटिंगलाई निरन्तरता दिईरहेकी थिइन् । उनि करिव २३ वर्षको उमेरमा पुग्दा उनको तौल २४ किलो रहेको थियो । हाल उनि अस्पताल भर्ना भएकी छिन् । धेरै युवती तथा महिलाहरु डाइटिंग नै मोटोपन घटाउनुको सहि र पहिलो उपाय ठान्छन् । डाइटिंग गर्दा शरीर दुब्लाउछ तर त्यसले पुर्याउने असर बारे भने धेरैले बुझेका छैनन् । नियमित ब्यायम, एक्सरसाइज, दौड जस्ता कार्य गरे शरीरको मोटोपन घट्छ ।