एजेन्सी, बैज्ञानिकहरुको एक समूहले ऐलियंससँग संचार स्थापित गर्ने आशाले पृथ्वीको नजिक ग्रहहरुमा एक विस्तृत सन्देश पठाएका छन् । यदि वास्तवमा ऐलियंसहरुको अस्तित्व रहेमा सन्देशको जवाफ आउनका लागि कम्तीमा २५ वर्ष लाग्न सक्ने अनुमान गरिएको छ । यो प्रोजेक्टलाई सोनार अर्गनाइजेशनले नेतृत्व गर्दैछ । ‘सोनार कलिंग GJ273b’ नाम दिईएको प्रोजेक्टलाई सफल बनाउनको निमित्त सोनार अर्गनाइजेशनले यस प्रोजेक्टमा METI इन्टरनेसनल र द इंस्टिच्युट अफ स्पेस स्टडीज अफ कैटलोनिया (IEEC) को सहयोग लिएको छ ।
यो वर्ष १६, १७ र १८ अक्टूबरमा वैज्ञानिकको समूहले नर्वेबाट EISCAT एन्टेनामार्फत सन्देशलाई ट्रान्समिट गरेका थिए । उक्त सन्देश एक्सोप्लेनेट GJ273 बीलाई पठाइएको थियो । जसको आकार पृथ्वी भन्दा २.९ गुणा ठुलो रहेको छ। यो लुटयंस स्टारको नजिक रहेको छ । लुटयंस स्टार पृथ्वीबाट २५ हजार प्रकाश वर्ष टाढा रहेको छ । पठाईएको सन्देशहरु ऐलियंसले १२ वर्षपछि सुन्ने छन् र उनीहरुको जवाफ १२ वर्षपछि पृथ्वीमा आईपुग्ने छ । यो सन्देश २०१८ को स्पेनी सोनार महोत्सवको भाग हो। कुनै पनि ग्रहबाट जवाफ आउन कम्तीमा ५० हजार वर्ष लागेको छ । त्यसैले यो नयाँ पहलबाट सन्देश आदान-प्रदान तीव्रताका साथ हुने आशा गरिएको छ ।