फिर्ता आयो फेसबुकमा पोस्ट डिलीटवाला अप्शन

एजेन्सी, फेसबुक लेखिएको पोस्ट हटाउनका लागि डिलीट बटन शुक्रवार बिहानदेखि देखिएको थिएन । तर फेरी उक्त डिलीट बटन देखिन थालेको छ । शुक्रवारको दिन फेसबुक यूजर्सहरुले आफ्नो पोस्ट डिलीट गर्न सकेका थिएनन् । त्यस पश्चात अनुसन्धानको क्रममा हामीलाई पनि उक्त डिलीट बटन मिलेको थिएन । तर फेरी अहिले उक्त बटन देखिएको छ ।

अचम्मको कुरा मोबाइलबाट चलाउने फेसबुक एप यूजर्सहरुकोमा भने उक्त डिलीट अप्शन हटेको थिएन । यस बिषयमा फेसबुकले भने अहिलेसम्म कुनै बयान दिएको छैन । फेसबुकले केहि समय देखि विभिन्न अपडेटहरु निकालीरहेको छ र अझै नयाँ अपडेटहरु टेस्ट गर्दैछ । यो स्थितिलाई मध्यनजर गर्ने हो भने फेसबुकले अब डिलीट अप्शन हटाउनका लागि टेस्ट गरेको पनि हुन सक्छ या त कुनै बगको कारण यस्तो भएको पनि हुनसक्छ । साथै यसबारे पूर्ण रुपमा फेसबुकले स्पष्टीकरण दिएको छैन ।

प्रकाशित : शुक्रबार, मङि्सर ०८, २०७४१९:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ल्यापटपमा काम गर्ने बानि छ भने सावधान, आयो यस्तो रिपोर्ट!