एजेन्सी, पछिल्लो समय वैज्ञानिकहरुले सुन्दा पनि पत्यार नलाग्ने कुराको आविष्कार गरिरहेका छन् । जुन कुरा पहिलेको समयमा असम्भब थियो । यसपटक वैज्ञानिकहरुले चन्द्रमामा समेत मानिसको शुक्रकिट संग्रह गरी चन्द्रमा मै बच्चा पैदा गर्ने योजना गरेका छन्।
अन्तरीक्षमा समेत गर्भाधान र बच्चा जन्माउन सक्ने कार्य सम्भव रहेको कुरा प्रमाणित भैसकेको वैज्ञानिकहरुले बताएका छन् । जापानी वैज्ञानिकहरुले मुसाको ड्राइ शुक्रकिटको नमूनालाई स्टेशनमा ९ महिनासम्म सुरक्षित साथ राखे र त्यसपछि पृथ्वीमा ल्याएर एक खास तापमानमा राखे । उक्त शुक्रकिट एक पोथी मुसामा कृत्रिम गर्भाधान गराएर मुसाका स्वस्थ बच्चाहरु जन्माइयो ।