४३ अर्ब रुपयाँमा बिक्यो लियोनार्दो दा विंचीको ५०० वर्ष पुरानो पेन्टिङ्ग

एजेन्सी, अमेरिकाको न्यूयोर्क शहरमा ख्याति प्राप्त आर्टिस्ट लियोनार्दो दा विंचीको ५०० वर्ष पुरानो पेन्टिङ्ग ‘साल्वाटर मुंडी’ लिलामी भएको छ । उक्त पेन्टिङ्ग ४५.०३ करोड डलर (करिव ४३ अर्ब रुपयाँ) मा बिक्रि भएको छ । यो लिलामी हालसम्मको सबैभन्दा महँगोमा बेचिएको पेन्टिङ्ग बनेको छ । यो भन्दा अघि महँगो पेन्टिङ्गको कीर्तिमान पाब्लो पिकासोको ‘द वीमेन अफ अल्जियर्स’ को नाम रहेको थियो । पिकासोको यो पेन्टिङ्ग २०१५ मा १७.९४ करोड डलरमा बिक्रि भएको थियो । यसको पनि लिलामी क्रिस्टीले नै गरेको थियो ।

लिलामी गर्ने संस्था क्रिस्टीअनुसार ‘साल्वाटर मुंडी’ या ‘सेवियर अफ द वर्ल्ड’ पेन्टिङ्गमा ईसा मसीहलाई चित्रित गरिएको छ । लिलामीको समयमा सार्वजनिक गरिएको २० मिनेटमा विंचीको पेन्टिङ्ग बिक्रि गरिएको थियो । उक्त पेन्टिङ्गको लागि ४० करोड डलरको अन्तिम बोली लगाईएको थियो । फीस जोडेर यसको मूल्य ४५ करोड डलर भएको थियो । तर आक्शन हाउसले उक्त पेन्टिङ्ग किन्ने व्यक्तिको नाम खुलाएका छैनन् ।

 

प्रकाशित : मङ्गलबार, मङि्सर ०५, २०७४१८:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जनावरलाई आफ्नो दुध खुवाऊछन् यहाँका महिला, भाइरल भयो तस्विर…