आत्मविश्वास बढाउनको लागि योगासन, यस्तो छ आसन गर्ने तरिका र फाइदा!

यदि तपाइलाई सानो-सानो कुरामा डर लाग्छ या आत्मविश्वासको कमी भएको महसुस् हुन्छ भने यसको समाधान योग आसनबाट पनि हुन्छ । आत्मविश्वास बढाउनको लागि वृक्षासन सबैभन्दा फाइदाजनक मानिएको छ । यो आसन गर्ने तरिका यस प्रकार रहेको छ ।

वृक्षासन गर्ने तरिका: वृक्षासन एकाग्रता र ध्यान बढाउनको निमित्त गरिने गरिन्छ । यो आसन गर्नका लागि सबै भन्दा पहिले सिधा उभिनुहोस् । अब दुवै खुट्टा हल्का टाढा राखेर हातलाई नमस्ते आकारमा जोडी सिधा माथि तिर लैजानुहोस् । त्यसपछि दाहिने खुट्टालाई उचालेर देब्रे खुट्टामा बिस्तारै माथि लैजानुहोस् र देब्रे खुट्टाको घुडामा टेकाएर  राख्नुहोस् । दाहिने खुट्टा देब्रे खुट्टाको भरमा उभिने भएकोले सन्तुलन बनाई राख्न जरुरत रहेको छ । यो स्थितिलाई वृक्षासन भानिन्छ ।

यसबाट हुने फाईदा:

-सम्झन सक्ने शक्ति र एकाग्रता बढ्नुको साथै दिमाख शान्त रहन्छ ।
-यो योगको अभ्यासले शारीरिक तनाव हटेर जान्छ ।
-यो आसनले खुट्टा एवम गोली गाठामा लचीलोपन ल्याउने गर्दछ ।
-यसले हिप्स र घुडामा हुने दुखाईलाई हटाउन मद्दत  गर्छ ।

ध्यान दिनपर्ने कुरा:
जुन व्यक्तिहरुलाई नियमित टाउको दुख्ने समस्या हुन्छ  त्यस्तो व्यक्तिले यो आसन गर्न हुदैन ।
ब्लड प्रेशरको बिरामीले पनि यो आसन गर्न हुदैन । यदि निन्द्रासँग सम्बन्धित कुनै समस्या भए यो आसन नगर्न विज्ञहरु सल्लाह दिन्छन् ।

प्रकाशित : मङ्गलबार, मङि्सर ०५, २०७४१७:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

विवाहपछि खुसी रहन अपनाउनुहोस् यी तरिका