एजेन्सी – भनिन्छ, ‘सुन्दरता हेर्ने मान्छेको आँखामा निर्भर गर्छ।’ त्यसै कारण पनि सुन्दरताको परिभाषा पनि मानिस पिच्छे फरकफरक हुने गर्छ । तपाईंले सुन्दर मानेको मानिस अर्कालाई कुरूप लाग्न सक्छ ।
हाम्रो परिभेशमा गोरो छाला भएको मानिसलाई प्रायः सुन्दर मान्ने गरिएको छ । कालोलाई चाहिँ त्यति राम्रो मान्ने गरिँदैन । तर इन्टरनेटमा एक काली महिलाको तस्वीर आजकल खुबै भाइरल भइरहेको छ । मानिसहरू उनको प्रशंसक छन् । यिनलाई ब्ल्याक बार्बी नामले चिनिन्छ । उनको खास नाम लोलिता हो ।
उनलाई इन्टरनेट प्रयोगकर्ताहरुले निकै सुन्दर भएको भन्दै कमेन्ट गरिरहेका छन्। त्यसैले उनी अहिले धेरै लोकप्रिय पनि बनिरहेकी छन् ।