३ फिटको ठुलो गङ्गटो भाइरल हुदै

एजेन्सी, समुन्द्री खानामा गङ्गटोको परिकार सबैभन्दा मिठो खाना मानिन्छ । गङ्गटो तन्दुरी, गङ्गटो करी र गङ्गटोको सूप भारतमा सबैभन्दा प्रसिद्ध मानिन्छ तर ३ फिटको गङ्गटो तपाईको अगाडि आयो भने खाने  सोच नै हराउन सक्छ । हालै एक भिडियो सार्वजनिक भएको छ जसमा ३ फिटको गङ्गटो देखाइएको छ  । उक्त गंगटोको  तौल करिब ८ पाउण्ड रहेको छ । यो गङ्गटो सिधै रुखमा चढेर आफ्नो नंग्रा गाढेर बस्ने गर्दछ । अमेरिकाको डार्टमाउथ कलेजको जीव वैज्ञानिक मार्क लैडरेले उक्त भिडियो सार्वजनिक गरेका थिए । भिडियोमा बिशाल  गङ्गटो एक पन्क्षिलाई निशाना बनाएको देखिन्छ ।

गंगटोले उक्त पन्क्षिलाई पहिले आफ्नो कब्जामा लिन्छ र आफ्नो दुवै नंग्राले पन्क्षिको दुवै पखेटा काटीदिन्छ । त्यसपछि पन्क्षि  मरेको २० मिनेटपछि ५ वोटा अरु गङ्गटो पनि आउदछन् । उनले उक्त भिडियो २०१६ मा शूट गरेका थिए । लैडरले करीब २ महिनासम्म मध्य हिंद महासागरमा गङ्गटोको रिसर्च गरेका थिए । उक्त भिडियोबाट संसारमा यस्ता अनेक बिचित्र कुराहरु रहेका छन् भन्ने कुराको पुस्टि हुन्छ ।

प्रकाशित : मङ्गलबार, मङि्सर ०५, २०७४११:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कुमारीत्व बेच्‍ने घोषणा: जसको मूल्य २९ लाख अमेरिकी डलर