अब फेसबुकले हटाउदै छ यस्तो फिचर, नयाँ सुबिधा थप्ने तयारीमा

एजेन्सी, फेसबुकले लगातार आफ्नो यूजर्सहरुको लागि नयाँ-नयाँ फीचर्सहरु दिईरहेको छ । ताकि फेसबुकमा यूजर्सको इन्गेजमेन्ट धेरै भन्दा धेरै भईरहोस । यहि प्रक्रियामा फेसबुकले अब एउटा यस्तो फीचरलाई हटाउदै छ जसलाई युजर्सहरुले मन पराएका थिएनन् । यसको जानकारी फेसबुकले आफ्नो एक ब्लग मार्फत दिएको छ । फेसबुकले आफ्नो ब्लग पोस्टमा एप इन्भाईट फीचरलाई हटाउने घोषणा गरेको छ । हालसम्म क्यान्डी क्रस सागा लगायतका अन्य थुप्रै एपको इन्भाईटहरु आउथ्यो तर अब उक्त इन्भाईट देखिने छैन । किनभने फेसबुकले अब थर्ड पार्टी ऐप ईन्भाईटलाई बन्द गर्दैछ ।

थर्ड पार्टी ऐपको नोटिफिकेशनलाई यूजर्सले धेरैपटक ब्लक गरेको र कैयौ पटक हाइड पनि गरेका थिए । तर अब यस्तो हुनेछैन । फेसबुकले थर्ड पार्टी ऐप नोटिफिकेशन बन्द गर्नुको साथै थर्ड पार्टी ऐप पेज लाइक बटन पनि बन्द गर्ने भएको छ । अब तपाईले कुनै अन्य एप बाट या अन्य वेबसाइटबाट पनि फेसबुक पेजमा लाइक गर्न सक्नु हुन्न । एपको पेज लगायत अन्य फेसबुक पेज लाइक गर्नका लागि तपाईलाई फेसबुकमा नै जानु पर्नेछ । यी दुई फिचर्सको हाल टेस्टिंग भईरहेको छ र ६ फेब्रुअरी २०१८ पछि यो दुवै फिचर बन्द हुने खुलासा फेसबुकले गरेको छ ।

प्रकाशित : सोमबार, मङि्सर ०४, २०७४१५:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

फिर्ता आयो फेसबुकमा पोस्ट डिलीटवाला अप्शन