एजेन्सी, जिन्दगीमा हुनसक्ने घटनाको आवास कहिले काही सपनामा देखिने गर्दछ । हरेक सपनाको एक विशेष महत्व रहेको हुन्छ । जसले व्यक्तिलाई कुनै न कुनै संकेत दिएको हुन्छ । धेरैजसो मानिसहरु बिहान उठ्दासम्म आफुले देखेको सपना बिर्सिसकेका हुन्छन भने कसैले सम्झीएका हुन्छन् । सपनामा आगो, पानीको साथै पन्क्षिहरु देखिनु पनि शुभ-अशुभसँग सम्बन्धित रहेको हुन्छ ।
१. यदि तपाई सपनामा आफूले परेवा माथि सवार भएको देख्नुहुन्छ भने यो तपाईको लागि सुभ संकेत हुन्छ । यसको मतलव आउने समयमा धन लाभ हुने योग बन्न लागेको मानिन्छ ।
२. यदि सपनामा परेवा या अन्य पन्क्षिको समूह देख्नु भयो भने त्यसको मतलब समय-समयमा तपाईको असल मित्र बन्न लायकको साथिहरु भेटिने योग बनेको छ ।
३.यदि मरेको परेवा देखियो भने आउने दिनहरुमा ब्यापारमा घाटा हुन सक्ने छ ।
यदि सपनामा उडेको परेवा देखियो भने अशुभ हुनेछ ।