वास्तुशास्त्रअनुसार बाथरूमको यो दिशामा ऐना राख्नुस र लाभ लिनुस!

वास्तुशास्त्र अनुसार घरको कुन दिशामा ऐना लगाउन हुन्छ या हुन्न भन्ने कुराको जानकारी भए आउने दिनहरुमा विभिन्न समस्याहरुमा अल्झिनु पर्ने छैन । घरमा ऐनाको निकै महत्वपूर्ण भूमिका रहेको हुन्छ । खास गरी बाथरूमको ऐनाको निकै ठुलो भूमिका रहेको हुन्छ । मानिसहरुको दिनचार्य बाथरूमबाट शुरु हुने भएकोले घरको बाथरूम सफा, राम्रो हुनुको साथै सकारात्मक ऊर्जा दिने खालको पनि हुन जरुरी रहेको छ । ताकि पुरै दिन राम्रोसँग बितोस । वास्तुशास्त्रमा बाथरूम भित्र कुन दिशामा ऐना लगाउने भन्ने  विषयमा बताइएको छ । वास्तुविज्ञान अनुसार बाथरूममा ऐना लगाउदा ढोकाको सिधा हुनु हुदैन । जब हामी बाथरूममा प्रवेश गर्छौ तब हामीसँग सकारात्मक र नकारात्मक दुवै उर्जा प्रवेश गर्ने गर्दछन् ।जब हामी सुतेर उठछौ तब नकारात्मक उर्जाको मात्रा अधिक रहेको हुन्छ । ढोकाको सिधा अगाडि ऐना भयो भने हामीसँग जुन उर्जा बाथरूममा प्रवेश गर्छ त्यो उर्जा फेरि घरमा फर्किने गर्दछ ।

वास्तुशास्त्र अनुसार ऐनाको नकारात्मक प्रभावलाई टाढा राख्नको लागि बाथरूममा ऐनालाई यस प्रकार राख्नाले यसको प्रतिबिम्ब बाथरूम भित्रै सिमित रहने छ ।

  • बेडरूममा ऐना राख्नु हुन्न । बेडरूममा ऐनाको रिफ्लेक्शन खाटमा हुनाले स्वास्थ्यमा विपरीत प्रभाव पर्नेछ ।
  • कतिपयले ऐनालाई मुख्यद्वारको अगाडि पनि राख्ने गर्दछन् । तर वास्तु अनुसार यो पनि गलत रहेको छ । यसबाट घरमा आउने सकारात्मक ऊर्जा फर्केर जाने गर्दछ जसबाट प्रगति को गतिमा ढिलो हुने गर्दछ ।

प्रकाशित : मङ्गलबार, मङि्सर ०५, २०७४१२:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

विवाह गर्न साइत नचाहिने विवाह पञ्चमी भोलि मनाइंदै…..हेर्नुहोस!!!!!!