यी जोडीले अन्टार्कटिकामा बिहे गरेर राखे विश्व किर्तिमान !

एजेन्सी, मानिसको चाहना र रोजाइ फरक फरक हुन्छ। मानिसहरुको इच्छा अनगिन्ति हुन्छन्। भने त्यसलाई कमैले मात्र पुरा गर्न सक्छन् भने कसैले सक्दैन्।  त्यस्तै एक जोडीले अन्टार्कटिकामा बिहे गरेर रेकर्ड राखेका छन्।टम सिल्भेस्टर र जूली बम ध्रबीय क्षेत्रमा गाइडको काम गर्छन्। उनीहरुले अन्टार्कटिकाको पश्चिमी भागमा रहेको एडिलेड टापुस्थित रोदेरा रिचर्स स्टेशनमा बिहे गरेर अन्टार्कटिकामा बिहे गर्ने पहिलो जोडी बनेका हुन्।

अन्टार्कटिकास्थित बेलायत अधिनस्थ ब्रिटिस आर्कटिक टेरिटोरीमा बिहे गर्ने बेहुली जूली बमको बिहेको पहिरन पुरानो पालबाट बनाइएको थियो । उनीहरुको इन्गेजमेन्ट ३ वर्ष अघि नै भैसकेको थियो। उनीहरु ११ वर्षदेखि सँगै काम गर्दै आइरहेका छन्। उनीहरुले संसारको धेरैजसो देशहरु घुमीसकेका छन्। बेहुलाको भनाइअनुसार बिहेका लागि अन्टार्कटिकाभन्दा सुन्दर ठाउँ दुनियाँमा अन्त कही पनि छैन। 

 बिहेको समयमा बिहेस्थलको तापमान शून्य डिग्रीभन्दा पनि तल थियो ।बिहे स्टेशनमा कार्यरत २० जना पाहुना सहभागी भए ।टम सिल्भेस्टर र जूली बमले पर्बत आरोहण गर्न सफल र ब्रिटिस अन्टार्कटिका  सर्भेमा काम गर्नका लागि छनोट भएका थिए ।

प्रकाशित : शुक्रबार, मङि्सर ०१, २०७४१३:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मंगल ग्रहमा बिजुली उत्पन्न गर्न सक्ने भन्दै नासाले गर्यो यस्तो दाबी!