मंगल ग्रहमा बिजुली उत्पन्न गर्न सक्ने भन्दै नासाले गर्यो यस्तो दाबी!

एजेन्सी, मंगल ग्रहमा जाने यात्रुहरुको लागि नासाले निकै राम्रो तयारी गर्दैछ। हाल नासाले एक अन्तरिक्ष परमाणु रिएक्टर परीक्षण गर्दैछ। यो अन्तरिक्ष परमाणु रिएक्टरले अंतरिक्ष यात्रीहरूको लागि भविष्यमा धेरै सुविधा प्रदान गर्नेछ। तिनीहरू रिएक्टरको मद्दतबाट ऊर्जा उत्पन्न गर्न सक्षम हुनेछन् र तिनीहरूले यस्तो उपकरण चलाउन सक्षम हुनेछन् जब रातो ग्रहमा उपलब्ध भएका स्रोतहरूलाई अक्सीजन, पानी र ईन्धनमा बदल्न सक्नेछ । यो अदभुत किलोपावर रिएक्टर अंतरिक्ष या पृथ्वीबाट टाढा कुनैपनि ग्रहमा लामो समयसम्म बिजुली शक्ति उत्पन्न गर्न सक्छ।

यो एकदम सानो हुनेछ र सरल तरिकामा ऊर्जा उत्पन्न गर्नसक्ने सक्षम भएको हुनेछ। एक रिपोर्टअनुसार यस प्रविधिको माध्यमबाट १० वर्ष भन्दा पनि बढी समयसम्म लगातार १ देखी १० किलोवाटसम्म उर्जा शक्तिको उत्पन्न गर्न  सकिने छ । उक्त प्रविधि स्थायित्व हुनुको कारण यो विश्वास गर्न लायकको पनि रहेको छ । यो प्रोटोटाइप पावर सिस्टम पेपर टावल रोल गर्नुको बराबर आकारमा यूरेनियम-२३५ रिएक्टर कोर प्रयोग गर्दछ । अमेरिकाको लस एलामोस नेशनल लेबोरेटरीजमा किलपावर कार्य परियोजनाको नेतृत्व गर्ने पैट्रिक म्याकलिबर भन्छन् “यो मंगल ग्रहको सतह जस्तै विषम परिस्थितिहरुमा उर्जाको एक प्रमुख स्रोतको आधारमा काम गर्न सक्छ । यस प्रकारको पावर यूनिट मंगलमा जाने यात्रुको लागि सुबिधा प्रधान गर्न सक्छ । रातमा होस् या दिनमा बिजुलीको समस्या पर्ने छैन ।

 

प्रकाशित : शुक्रबार, मङि्सर ०१, २०७४१४:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी व्यक्ति जसले रोबर्ट म्यान नामले राखे विश्व रेकर्ड, यस्तो छ उनको खुबी!