के तपाई ४० वर्ष कट्नुभयो ? एकपटक हड्डीको जाँच गराउनुस, नत्र अकालमै होला मृत्यु!

महिला होस् या पुरुष ४० वर्षको पुगेपछि हड्डीहरुको जाँच गराउन जरुरी रहेको छ । पीजीआईमा भएको एक अध्यनअनुसार ४० बर्षको उमेर पार गरिसकेपछि खास गरी महिलाहरुमा स्टियोपोरोसिसको समस्या सुरु हुन थाल्दछ । यसले हड्डीहरुलाई कमजोर बनाउछ र हल्का झट्कामा पनि हड्डी भाचिने जस्तो समस्या आउने गर्दछ । कमजोर हड्डी भएपछि बेडबाट लडेपनि भाचिने गर्छ र बाथरूममा चिप्लीदा पनि । तर युवा अवस्थामा भने फ्याक्चर हुने सम्भावना हुन्छ। किनकि हड्डी उमेर अनुसार मजबुत हुन्छ भने उमेरसँगै कमजोर पनि ।

इंडोक्राइनोलाजी डिपार्टमेन्टको डाक्टर संजय बडाडा भन्छन् “हाम्रो शरीरमा स्ट्रोजन नामक एक हर्मोन हुन्छ, जसको काम शरीरमा क्याल्सियम कायम राख्ने हुन्छ । जब क्याल्सियमको कमी हुन्छ तब हर्मोनले हड्डीको चूरा चुस्ने गर्दछ । यसले विस्तारै-विस्तारै हड्डीलाई भित्रबाट कमजोर गर्दिन्छ । हड्डी कमजोर हुदा फ्याक्चर हुने बढी खतरा हुन्छ । हड्डी कमजोर हुनुको मुख्य कारण क्याल्सियमको कमीबाट हुने आस्टियोपोरोसिस हो । हड्डीमा क्याल्सियमको कमीभएको डेक्सा स्क्यानबाट पत्ता लगाउन सकिन्छ । यदि बारम्बार हड्डीमा फ्याक्चर हुन्छ भने हड्डीको एक पटक डेक्सा स्क्यान  (Dexa Scan) गर्न जरुरी रहेको छ । पुरुषहरुमा ६० बर्षपछि र महिलाहरुमा ४५ बर्षपछि बर्षमा एक पटक हड्डीको जाचँ गराउन जरुरी हुन्छ । यदि डायबिटीज, थायराइड जस्ता समस्याहरु छन् भने सामान्य मानिसको हड्डीभन्दा ३ गुणा बढी कमजोर हुन्छ ।

इंडोक्राइनोलाजी डिपार्टमेन्टको एचओडी प्रो. अनिल भंसालीका अनुसार डायबिटीज, थायराइडपछि आस्टियोपोरोसिस तेस्रो सबैभन्दा ठुलो रोग हो जुन साइलेंटन किलर (Silenton Killer) झैँ हुन्छ । यो रोगलाई सजिलैसँग रोक्न सकिन्छ । तर एकपटक लाग्यो भने मानिसको ज्यान पनि जान सक्छ । हड्डीको एक मात्र नभएर करिब १०० भन्दा धेरै बिरामीहरु छन्। तर आस्टियोपोरोसिसबाट हड्डी छिटै कमजोर हुन्छ  र सहि उपचारको अभावमा धेरैको मृत्यु पनि हुने गरेको छ ।

प्रकाशित : बिहिबार, कार्तिक ३०, २०७४११:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भुटेको लसुन खाँदा हुने अदभुत फाइदा: दात दुख्ने देखि पेटको रोग निको पार्नेसम्म…