आखिर किन शिवलिंगमा बेसार चढाउन हुदैन ? यस्तो छ कारण!

एजेन्सी, हिन्दु धर्म अनुसार हरेक बार कुनै न कुनै भगवानको पूजा आजा गर्ने गरिन्छ। यस्तै सोमबारको दिन भने देवहरुको पनि देवता मानिने भगवान शिवको सोमबारको दिन पूजा र वर्त राखिने गरिन्छ । भगवान शिव छिटै प्रशन्न हुने देवता मानिन्छ । त्यसैले भगवान् शिवलाई प्रशन्न गर्नका लागी अरु देवी-देवतालाई जस्तो मिष्ठान भोजन र  सुन्दर आभूषणका वस्तु अर्पित गर्न कुनै जरुरि हुदैन  ।

हरेक शुभ कार्यमा हामी बेसारको प्रयोग गर्ने गर्छौ तर शिवको पुजामा बेसारको प्रोग प्रतिबन्धित मानिएको छ । भगवान् शिव बाहेक अरु सबै देवी-देवताको पूजामा बेसार अर्पित गर्ने गरिन्छ । शास्त्रको अनुसार शिवलिंग पुरुष तत्वको प्रतिक रहेको र बेसार स्त्रीहरुसँग सम्बन्धित भएकोले शिवलाई बेसार नचढाउने बताएको छ । यदि तपाई शिवजीको पूजामा बेसारको प्रयोग गर्नुहुन्छ भने तपाईको पूजा बेकार हुनेछ र पूजाको फल प्राप्त नहुने भएकोले भुलेर पनि शिवलिंगमा बेसार चढाउन नहुने शास्त्रमा लेखिएको छ ।

 

प्रकाशित : बिहिबार, कार्तिक ३०, २०७४१२:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

के तपाई निधारमा टिका लगाउनु हुन्छ ? यस्ता छन् अकल्पनीय ४ फाइदाहरु !