हिन्दु धर्मअनुसार निधारमा टिका लगाउने आफ्नै परम्परा र यसको छुट्टै विशेषता पनि रहेको छ । कुनै पनि शुभकार्य, पूजा र मन्दिरमा भगवानको दर्शनपछि निधारमा टिका लगाउने सस्कार रहेको छ । निधारमा टिका लागाउनुको पछाडी धार्मिक भावनाका साथ केही वैज्ञानिक आधार पनि रहेका छन् । निधारमा टिका लगाउनुको फाईदा यस प्रकार रहेका छन् ।
१. निधारमा टिका लगाउनाले निधारको पिट्यूटरी ग्लैण्ड्ज सक्रिय हुन थाल्दछ । जसको गर्दा शरीरमा आलस्य हराउने छ र दिमागी शक्ति बढ्ने गर्छ। साथै मानसिक तनावबाट पनि मुक्ति मिल्छ ।
२. निधारमा नियमित रुपमा टिका लगाउनाले नसा मण्डलको परिशुद्ध सक्रियता पूर्वक इनसोमनिया र साइनसजस्ता रोगबाट छुटकारा मिल्छ ।
३. निधारमा बेसारको चन्दन लगाउनाले छाला शुद्ध हुने गर्दछ । किनकि बेसारमा एन्टी ब्याक्ट्रियल तत्व हुन्छ जसले छालाको रोगहरुबाट छुटकारा दिलाउने काम गर्दछ ।
४. योगीहरु योग शुरू गर्नुअघि आफ्नो निधारमा टिका र तिपुण्ड लगाउने गर्दछन् किनकि यहि ठाउँमा आज्ञा चक्रमा उपस्थित पिण्डसँग जोडिएको सबै नसाहरुको समूह हुन्छ । यसो गर्नाले मस्तिष्क शान्त हुने गर्छ र मानसिक एकाग्रता बढ्ने गर्दछ ।